नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

निर्यातजन्य जडिबुटीको मूल्य अभिवृद्धि गर्ने नेपाल सरकारको योजना

2018-08-11 14:45:45

नेपाल सरकारले निर्यातजन्य जडिबुटीको मूल्य अभिवृद्धि गर्ने योजना बनाएको छ। जडिबुटीबाटै मुलुकको आर्थिक समृद्धि गराउने लक्ष्यका साथ निर्यातजन्य जडिबुटीको मूल्य अभिवृद्धि गर्न लागेको हो।

नेपाल जडिबुटीको धनी राष्ट्र भए पनि आर्थिक समृद्धिमा फड्को मार्न सकेको छैन। जडिबुटीको सही रूपमा व्यवस्थापन र प्रशोधनलाई ध्यान दिन नसक्दा कम मूल्यमा नै जडिबुटी निर्यात हुँदै आइरहेको छ। नेपालबाट निर्यात हुने अधिकांश जडिबुटी कच्चा पदार्थको रूपमा निर्यात हुँदै आइरहेको कारोबार अनलाइनले लेखेको छ।

वन तथा वातावरण मन्त्रालयले पनि केही महिना अगाडि सार्वजनिक गरेको ‘वन तथा वातावरण क्षेत्रको स्थितिपत्र' मार्फत जडिबुटी तथा गैरकाष्ठ प्रजातिको हिसाबले नेपाल सम्पन्न भए पनि यसको संरक्षण, व्यवस्थापन, प्रविधि विस्तार र उपयोगमा अपेक्षित विकास तथा विस्तार हुन नसकेको स्वीकार गरेको छ। मन्त्रालयका अनुसार पछिल्लो तथ्यांक हेर्दा नेपालबाट कुल निर्यात हुने वस्तुमा जडिबुटी तथा गैरकाष्ठ वन पैदावारको अंश करिब १० प्रतिशत छ । वन क्षेत्रका लागि यो जडिबुटी तथा गैरकाष्ठ वन पैदावार एउटा महत्वपूर्ण उपक्षेत्र हो। तुलनात्मक लाभको क्षेत्रमध्ये जडिबुटी एउटा महत्वपूर्ण क्षेत्र भए पनि रोजगारी सिर्जना, स्थानीय औषधीय र अन्य आवश्यकता पूरा गर्न र मुलुककै समृद्धिका लागि यस क्षेत्रमा अपेक्षित रूपमा काम हुन नसकेको स्थितिपत्रमा उल्लेख छ।

वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राईले जडिबुटीबाट आर्थिक समृद्धि सम्भव भए पनि आर्थिक समृद्धि हुन नसकेको स्वीकार गर्दै प्रारम्भिक प्रशोधन गरेर मात्रै निर्यातजन्य जडिबुटीको मूल्य अभिवृद्धि गरिने तयारी भइरहेको बताउनुभयो।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान