बिम्स्टेकको चौथो सम्मेलनको पूर्व तयारीको लागि शनिबार परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौँमा_china.com
नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

बिम्स्टेकको चौथो सम्मेलनको पूर्व तयारीको लागि शनिबार परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौँमा

2018-08-11 14:42:59

आउँदो भदौ १४ र १५ गते नेपालमा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनको पूर्व तयारीको लागि शनिबार परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौँमा हुँदैछ । तयारी बैठकमा भाग लिनका लागि बिम्स्टेकका महासचिवलगायत छ वटै राष्ट्रका परराष्ट्र मन्त्रालयका वरिष्ठ पदाधिकारीहरु शुक्रबार नै नेपाल आइसक्नुभएको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले जानकारी दिनुभयो।

एक दिने त्यस बैठकले आगामी सम्मेलनलाई कसरी सफल र बढी प्रभावकारी बनाउने, के कस्ता कार्यसूचीमा छलफल गरेर निष्कर्षमा पुग्ने भन्ने विषय तय गर्नेछ।

नेपालले अध्यक्षता गर्ने बिम्स्टेक सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकहरू भारत, बङ्गलादेश, श्रीलङ्का र भुटानका साथै दक्षिण पूर्वी एसियाली राष्ट्रहरू(आसियान)बाट थाइल्यान्ड र म्यानमारका सरकार प्रमुखहरु विदेश मन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरु नेपाल आउनुहुनेछ । भदौ १४ र १५ गतेको मुख्य बैठकभन्दा अघि भदौ १२ गते पुनः सचिवस्तरीय र १३ गते बिम्स्टेकस्तरीय विदेशमन्त्रीहरूको बैठक पनि हुनेछ ।

यसैबीच बिम्स्टेक सम्मेलनमा भाग लिन आउने सरकार प्रमुखहरूको स्वागतका लागि काठमाडौँ महानगरपालिकाले विशेष सफाइ अभियान थाल्ने भएको छ।

महानगरपालिकाले १० देखि १२ स्थानमा स्वागतद्वार निर्माण गर्ने गोरखापत्रले जनाएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान