नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाल र म्यानमारबीच दुई-पक्षीय ब्यापार प्रवर्द्धनबारे छलफल

2018-08-10 14:59:53

म्यानमारको व्यापारिक प्रतिनिधि मण्डल र नेपाल चेम्बर अफ कमर्सबीच दुई-पक्षीय ब्यापार प्रबद्र्धन गर्ने बिषयमा छलफल भएको छ। चेम्बर भवन कान्तिपथमा सम्पन्न उक्त छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल-म्यानमार ब्यापारलाई थप प्रबद्र्धन गर्नुपर्ने बताउनुभयो।

कृषि, पर्यटन र जलबिद्दुतमा म्यानमारका नीजि व्यवसायीहरुको लगानीको लागि उहाँले अनुरोध गर्नुभयो । लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, “म्यानमारका अधिकांश जनताले बुद्द धर्मलाई अनुशरण गर्ने र भगवान गौतम बुद्दको जन्मस्थल लुम्बिनी भएकोले धर्म र संस्कृतिको माध्यमबाट पनि दुई देशलाई जोड्न सकिने प्रशस्त आधारहरु छन् ।'

म्यानमारको व्यापारिक प्रतिनिधि मण्डलका प्रमुख यूको कोलाटले नेपाल गोर्खा आर्मी, सगरमाथा र लुम्बिनीको माध्यमबाट संसारमै चर्चित रहेकोले नेपालमा ब्यापार प्रबर्दन मात्र होइन, यहाँको बहु-आयामिक संस्कृति र प्राकृतिक वातावरणबाट संसारले लाभ लिन सक्ने कुरा बताउनुभयो ।

सो कार्यक्रममा बाह्र जना म्यानमारका ब्यापारीहरु र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान