नेपालमा पूर्वाधार लगानी बैंक खोल्न चीन र भारतको प्रतिष्पर्धा_china.com
नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालमा पूर्वाधार लगानी बैंक खोल्न चीन र भारतको प्रतिष्पर्धा

2018-08-10 14:59:24

भारतीय निर्यात-आयात बैंक (एक्जिम बैंक-इन्डिया)ले नेपालमा स्थापना हुन लागेको पूर्वाधार विकास बैंकमा इक्विटी (स्वपुँजी) लगानीको प्रस्ताव गरेको छ। एक्जिमले नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने आफ्नै प्रतिनिधिका रुपमा छुट्टै पूर्वधार बैंक स्थापना गर्ने वा नेपालको कुनै बैंकमा संस्थापक शेयरधनीका रुपमा प्रवेश गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको हो। सरकारले चिनियाँ कम्पनीसँग मिलेर पूर्वाधार विकास बैंक खोल्ने निर्णय गरेसँगै भारतीय पक्षले पनि यस्तै संस्थामा लगानीको लागि चासो देखाएको छ।

केही समयअघि मन्त्रिपरिषदको बैठकले चीनको जोङ्झी रिचवे होल्डिङ्स लिमिटेडलाई सरकारले पूर्वाधार विकास बैंक स्थापना गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेसँगै भारतीय एक्जिम बैंकमार्फत नेपालमा पूर्वाधार बैंकको प्रस्ताव आएको विजमाण्डु डटकमले जनाएको छ।

भारतीय प्रस्ताव प्राप्त भएपछि अर्थ मन्त्रालयले नयाँ बैंक खोल्नुभन्दा स्थापनाको प्रक्रियामा रहेको नेपाल पूर्वाधार बैंकमा नै इक्विटी लगानीको बाटो उसलाई देखाएको हो। एक्जिम बैंकले नेपालमा पूर्वाधार विकास बैंकमा लगानीका लागि प्रस्ताव गरेपछि नेपाल सरकारले निजी क्षेत्रसँग मिलेर स्थापना गर्न लागेको पूर्वाधार विकासमा उसलाई प्रवेश गर्न दिनेबारे छलफल थालिएको छ। पूर्वाधार विकास बैंकको पूँजी संरचनामा परिवर्तन गरी एक्जिम बैंकलाई पनि लगानीको अवसर दिन खोजिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिनुभयो। मन्त्रालय स्रोतका अनुसार पूर्वाधार विकास बैंकमा इक्विटी लगानीका लागि एक्जिम बैंकका लागि बाटो खुला गर्न छलफल थालिएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान