तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाल सरकारबाट चीनलाई एकजोडी एक सिंगे गैंडा उपहार

2018-07-12 18:53:55 CRI

नेपाल र चीन सरकारबीच वन्यजन्तु संरक्षणमा वैज्ञानिक सहयोग अदान प्रदान गर्नुका साथै दुवै देशबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले नेपालले दुइ वर्ष अघि चीनलाई दुइ जोडी एकसिंगे गैंडा उपहार दिने निर्णय भएबमोजिम आज एक समारोहका बीच चीनलाई हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री के. पी. शर्मा ओलीबाट साइटिस निर्यात प्रमाणपत्र, प्रजाति उत्पति प्रमाणपत्र सहित एक जोडी एक सिंगे गैंडा नेपालका लागि चिनियाँ राजदूत यु होँङमार्फत चीन सरकारलाइ हस्तान्तरण गरिएको हो।

यी गैंडा चीनमा राम्ररी हुर्काइने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो:“एकआपसी भाषा, रहनसहन, आनीबानी बुझेका रूपसी र भद्र चीनमा रमाएर बस्लान् भन्ने लागेको छ।”

हस्तान्तरण कार्यक्रममा मन्तव्य प्रकट गर्दै नेपालका लागि चिनियाँ राजदूत यु होँङले नेपाल सरकारलाइ धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयोः “उपहारस्वरूप प्रदान गरिएका यी जोडी गैंडा नेपाल र चीनबीच आदानप्रदानका पुल मात्रै हैनन् बरू पुस्तौंदेखि नेपाल चीन सम्बन्धका प्रतीक पनि हुन्।”

थाहा भएअनुसार यी जोडी एक सिंगे गैंडामा भालेको नाम भद्र र पोथीको नाम रूपसी हो। तिनीहरूलाई आज रातीको उडानबाट चीनको क्वांगचौ शहरमा पुर्याइँदैछ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान