तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

गल्छी-रसुवागढी सडक निर्माण युद्धस्तरमा

2018-02-13 16:47:28

    फागुन १ देखि दैनिक बिहान ११ बजेदेखि साँझ पाँचबजेसम्म सडकमा सवारी आवागमन बन्द गरी काममा तीव्रता दिने निर्णय जिल्लाको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शुक्रबार गरेको हो। यो सडकमा गएको पुस १ गतेदेखि यही माघ मसान्तसम्म बिहान ६ देखि ९ बजेसम्म र बिहान ११ देखि अपरान्ह ४ बजेसम्म दुई चरणमा आठ घण्टा सवारी सञ्चालन बन्द गरी निर्माणको काम अघि बढाइँदै आइएको थियो। 


विसं २०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पुस १ देखि शुरु भएको सडक स्तरोन्नति तथा विस्तारको काम छ महिना थप सहित गरी २७ महिना (२०७५ फागुन ५)मा सम्पन्न गर्नुपर्ने सम्झौता छ। यसअघि एक वर्ष अवधिको प्रगति निकै निराशाजनक भएपछि लक्ष्य पूरा गर्न अहिले युद्धस्तरमा काम भइरहेको योजना प्रमुख देवकोटाले बताउनुभयो। 


“भारतीय नाकाबन्दीले चीनसँग जोड्ने अन्तर्राष्ट्रिय नाकाको रुपमा छनोट गरिए पनि सडक विस्तारमा लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सकेका छैनौं,” योजना प्रमुख देवकोटाले भन्नुभयो - “मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानान्तरण, वन क्षेत्रमा काम गर्न अनुमति पाउन ढिलाइले तोकिएको समयमा काम पूरा गर्न गा¥हो भइरहेको छ।” 


काम शुरु भएको एक वर्षको अवधिमा (विसं २०७४ मंसिर मसान्तसम्म) आर्थिक प्रगति दश प्रतिशत मात्र भएको थियो। पुस १ देखि सडकमा सवारी आवागमन बन्द गरी काम शुरु भएको करिब दुई महिनामा प्रगति उत्साहजनक देखिएको छ। योजना प्रमुख देवकोटाका अनुसार आर्थिकतर्फ २१ दशमलव ३ प्रतिशत र प्राविधिकतर्फ १४ दशमलव ३५ प्रतिशत पुगेको छ, यो प्रगति सफलता उन्मुख हो। सडक विस्तारको काम सम्झौता अवधि २१ महिना भएपनि छ महिना थप गरेर २७ महिना पु¥याइएको छ। पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट-त्रिशूली रसुवाको मैलुङ्ग-स्याफ्रुबेसी-रसुवागढी हँुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने सडक ८२ किलोमिटर लामो छ। सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किलोमिटर सडक (गल्छी-त्रिशूली-मैलुङ्ग)को काम सम्झौता भएर शुरु भएको एक वर्षमा दश प्रतिशत मात्र भएको छ। अब बाँकी रहेको एक वर्षमा ९० प्रतिशत कार्य गर्नुपर्नेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान