नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

निर्वाचनले गर्दा नेपालका आन्तरिक उडानमा ७५ प्रतिशत कटौती

2017-12-07 19:49:20

नेपालमा आज भएको दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावका दिन आन्तरिक उडान ७५ प्रतिशतले कटौती भएको छ। काठमाडौंबाट हाल दैनिक ३ सय आन्तरिक उडान र अवतरण हुने गर्छन्। कटौती हुँदा चुनावका दिन आज बिहीबार काठमाडौंबाट बाहिर जाने र फर्किने गरी ७५ हाराहारीसम्म उडान भएको हवाई सेवा सञ्चालकले जानकारी दिएको कान्तिपुर अनलाइनले लेखेको छ। 

निजी वायुसेवा प्रदायकहरूको संगठन (आयोन) का अनुसार चुनाव हुने क्षेत्रमा अत्यावश्यक सवारी साधानबाहेक अरू सवारी नचल्नेलगायतका कारण आन्तरिक रुटमा झन्डै ७५ प्रतिशत उडान भएका छैनन्। आयोनमा हाल ८ वटा हेलिकप्टरसहित १५ वटा जहाज कम्पनी सदस्य छन्। 'मुख्य कारण त चुनाव नै भयो, त्यसबाहेक पास नभएका निजी र सार्वजनिक सवारी साधन नगुड्ने भएकाले बिहीबार यात्रुको टिकट माग नै कम भएको हो,' आयोनका प्रवक्ता घनश्याम आचार्यले भन्नुभयो। उहाँका अनुसार चुनावका दिन उडान बन्द नै गर्नुपर्ने बाध्यकारी सरकारी नियम छैन। उद्धार तथा चुनावी मामलामा हेलिकप्टर उडान भइरहन्छन्।

सर्वाधिक आन्तरिक उडान भर्ने बुद्ध एयरले चुनावका दिन पोखरा र चितवनमा मात्रै उडान राखेको छ। 'सामान्य दिनमा ४५ सम्म उडान गथ्र्यौ तर बिहीबार पोखरा र चितवनमा गरी ६ वटा हाराहारी उडान तालिका छ। पर्वतीय उडानको अझै टुंगो लागिसकेको छैन,' बुद्धका बजार निर्देशक रूपेश जोशीले भन्नुभयो। 


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान