नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चिनियाँ कम्पनीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरू

2017-11-14 15:10:32

चिनियाँ कम्पनीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरू

चिनियाँ निर्माण कम्पनी सीएएमसीले आफ्नै संस्कृतिअनुसार पूजा गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालेको छ। आइतबारदेखि निर्माण उपकरण र मजदुरलाई जमीन सम्याउन काममा खटाएको ठेकेदार कम्पनीका पोखरा विमानस्थल परियोजनाका प्रमुख जेरी याङले जानकारी दिनुभयो। चिनियाँ निर्माण कम्पनीका तर्फबाट चिनियाँ परम्पराअनुसार नै पूजा गरिएपछि विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रदीप अधिकारीले निर्माणको उदघाटन गर्नुभएको थियो।

शिलान्यासको झन्डै २ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको अनलाइन खबरले लेखेको छ। अहिले हिउँदसम्ममा विमानस्थलको जमीन सम्याउने काम सक्ने गरी मजदुर खटिएका छन्। राष्ट्रिय गौरवको यो विमानस्थलको निर्माण चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा हुन लागेको हो। विमानस्थल परियोजनाका प्रमुख जेरी याङका अहिले १ दर्जनभन्दा बढी उपकरण र एक सय मजदुर फिल्डमा खटिएका छन्। ५० भन्दा बढी उपकरण र मजदुरीमा अधिकांश नेपाली कामदार खटिएको चिनियाँ कम्पनीका परियोजनाका प्रमुख याङले जानकारी दिनुभयो।

विमानस्थल निर्माणको काम थाल्न चिनियाँ टोली साउनमै पोखरा आएर आवास र कार्यालय प्रयोजनको अस्थायी भवन निर्माणमा लागेको थियो। अहिले त्यो काम पूरा भएसँगै निर्माणको काम थालिएको हो। चिनियाँ कम्पनीले काम थाले पनि नेपाल सरकारले पूरा गर्नुपर्ने प्रक्रिया भने अझै बाँकी छ।

दुई देशबीच सबै कानुनी जटिलता टुंगिएर निर्माण प्रक्रियामा गएको र अबको एक वर्ष डिजाइनिङ चरण रहने कम्पनीले जनाएको छ। १० जुलाई २०२१ भित्र निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान