नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

१८ देशबाट लगानी प्रतिवद्धता

2017-10-12 16:45:14 CRI

उद्योग विभागमार्फत् चालू आर्थिक वर्षको पहिलो २ महिनामा विभिन्न १८ देशबाट झन्डै साढे ३ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ। साना तथा मध्यम लगानीका लागि प्रवेशद्वार मानिने विभागमा चालू आवको भदौसम्ममा ३ अर्ब ४३ करोड रुपैयाँको लगानीसहित ६४ उद्योग दर्ता भएका छन्। यी उद्योगबाट २ हजार रोजगारी थप्ने अनुमान गरिएको छ।

विभागले कृषि तथा वन्यजन्तु, निर्माण, उर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा, पर्यटन र सूचना तथा प्रविधि विधामा प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउँदै आएको छ। विभागका अनुसार सबैभन्दा धेरै चीनबाट २८, भारतबाट ७, अमेरिकाबाट ५, वेलायत, अस्ट्रेलिया, बंगलादेश, फ्रान्स इजरायल, जापान, दक्षिण कोरियाको दुई-दुई उद्योगका लागि आवेदन दर्ता भएका छन्। जर्मनी, पोल्याण्ड, सिंगापुर, स्पेन, स्विट्जरल्याण्ड, स्वीडेन, युनाइटेड अरब इमिरेट्सबाट पनि एक-एक उद्योग स्थापनाका लागि आवेदन दर्ता भएका छन्।

उद्योग विभागका सहसचिव प्रदीप कोइरालालले पछिल्लो समय साना तथा मझौला उद्योगमा उत्साहजनक रूपमा उद्योग दर्ता भइरहेको बताए। विभागमा सानो लगानी आउने भन्दै पछिल्लो समय चीनको होङ्सी ग्रुपले शिवम् सिमेन्टमा गरेको लगानी पनि पछिल्लो उदाहरण भएको बताएको कारोबार दैनिकले लेखेको छ।

सरकारले गत आर्थिक वर्षमा विदेशी लगानी बढाउन तामझामका साथ अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरे पनि सोही अनुसारको लगानी भने आउन सकेको छैन। यसका लागि सबै क्षेत्रमा सुधार गरेर अगाडि बढेमा नेपालमा विदेशी लगानी बढ्न सक्ने पर्याप्त आधार भएको सहसचिव कोइरालाको भनाइ छ। राजनैतिक अस्थिरता, लगानीमैत्री वातावरणको अभाव, ऊर्जा र श्रम संकट मात्र नभएर एफडीआएको प्रक्रिया आफैंमा झन्झिटिलो हुँदा पनि लगानीका लागि समस्या हुने गरेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान