नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

आज भाद्र २७देखि दसैँका लागि टिकट बिक्री खुला

2017-09-12 17:57:53

दसैँका लागि आजदेखि (भाद्र २७ गते) सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ। लामो दूरीका सवारीका लागि नयाँ बसपार्कबाट टिकट लिन सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ।

मङ्गलबार महासङ्घले नयाँ बसपार्कमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अग्रिम टिकट बुकिङ खुला गरेको गोरखापत्रअनलार्इनले लेखेको छ।

मङ्गलबार बिहान छ बजेदेखि अग्रिम टिकट बुकिङ नयाँ बसपार्कमा खुला गरिएको हो। भदौ २२ गतेबाट खुला गर्ने भनिए पनि यातायात व्यवसायीको असहमतिका कारण यातायात व्यवस्था विभागले टिकट खुलाउन सकेको थिएन तर गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरको पहलमा यातायात व्यवस्था विभाग र व्यवसायीबीच सहमति भएपछि मङ्गलबारबाट खुला गरिएको हो।

बसको क्यारियर (छत) राख्न नपाउने कानुनी व्यवस्था भए पनि व्यवसायीको दबाबपछि यातायात व्यवस्था विभागले हालका लागि छत राख्न छुट दिएपछि व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएका हुन्। क्यारियरमा यात्रुका सामान तथा झोला राख्न पाउने गरी विभागले सहमति गरेको थियो।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान