तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

सन् 2016 मा 24 प्रतिशतले वढी पर्यटकद्वारा नेपाल भ्रमण, भारतपछि चिनियाँ

2017-01-12 18:02:30

    गत वर्ष सन् 2016 मा सात लाख 29 हजार 550 विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा 24 प्रतिशतले वढी रहेको अध्यागमन विभागले जनाएको छ। यसमा रसुवा नाकाबाट आएका 23 हजार 452 चिनियाँ पर्यटक र स्थलमार्ग हुँदै आउने भारतीयको सङ्ख्या भने जोडिएको छैन। सन् 2015 मा पाँच लाख 54 हजार 747 पर्यटक नेपाल गएका थिए भने 2016 मा एक लाख74 हजार 803 बढी पर्यटक नेपाल भित्रिएका छन्।

    विभागका महानिर्देशक केदार न्यौपानेले सन् 2015 मा भूकम्प, आन्दोलन र अघोषित भारतीय नाकाबन्दीका कारण घटेको पर्यटक आगमन सन् 2016 मा सुधार आएको बताउनुभयो। गत वर्ष नेपाल भ्रमण गर्नेमा शीर्षस्थानमा भारतीय, चिनियाँ र श्रीलङ्काका रहेका छन्। गत वर्ष सबैभन्दा बढी एक लाख 18 हजार249 भारतीय पर्यटक हवाइ मार्गबाट नेपाल आएका छन्। नेपाल आउने पर्यटकमा दोस्रो शीर्ष स्थानमा चिनियाँ पर्यटक एक लाख चारहजार पाँच रहेका छन्। जसमध्ये 80 हजार 553 जना हवाइ मार्ग र 23 हजार 452 रसुवा नाका हुँदै नेपाल प्रवेश गरेका थिए।

    शीर्ष दशमा श्रीलङ्का, अमेरिका, बेलायत, थाइल्यान्ड, म्यानमार, अस्ट्रेलिया, दक्षिण कोरियाल र जर्मनीका पर्यटक रहेका छन्। यस्तै बङ्गलादेश, जापान, फ्रान्स, मलेसिया, क्यानडा, स्पेन, नेदरल्यान्ड, इटली,भुटान र ताइवानका पर्यटकले नेपाल घुमेका छन्। यसैगरी सन् 2016 मा इजरायल, बेल्जियम, रुसी,सिङ्गापुर र डेनमार्कका पर्यटकले नेपाल भ्रमण गरेका छन्। भूकम्प, नाकाबन्दीपछि थलिएको नेपालको पर्यटनले बिस्तारै गति लिन थालेको पर्यटनको आगमनको बढोत्तरीले देखाएको छ। यसवर्ष 10 लाख पर्यटकले नेपाल भ्रमण गर्ने अपेक्षा छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान