नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

अव नेपालद्वारा भारतीय 2 हजारको नोटको वैधानिक कारोबारका लागि प्रस्ताव

2017-01-12 18:01:54

    नेपालले भारतसामू भारु 2 हजारको नोटको बैधानिक कारोबारका लागि प्रस्ताव गरेको छ। 5 सय र एक हजारको पुरानो नोटमा प्रतिवन्ध लगाएको भारत सरकारले 2 हजारको नोट ल्याएको छ। तर, यसको कारोबार अहिलेसम्म बैध छैन । भारतले आफ्नो फरेन एक्चेन्ज म्यानेजमेन्ट एक्ट अन्तरगत फेमा नोटिफिकेसन जारी गरेपछि मात्र कारोबार बैध हुन्छ।

    भारु 5 सय र 1 हजारको पुरानो नोट सटहीबारे छलफल गर्न नेपाल राष्ट्र बैंकको टोली अहिले भारतमै छ । यो टोलीले भारतीय केन्द्रीय बैंकसँगको छलफलमा पुरानो नोट सटहीका साथै 2 हजारको नयाँ नोट नेपालमा चलाउने विषय उठाउनेछ।

    राष्ट्रबैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भन्नुभयो, 2 हजारको नोट नेपालमा चलाउने विषय लिखित एजेण्डामा त छैन। तर, छलफलमा उठ्छ।' साथै परराष्ट्रमन्त्री प्रकाशशरण महत पनि अर्को साता भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले भारतीय अधिकारीहरुसँगको भेटमा भारु 2 हजारको नोट नेपालमा चलाउने विषय उठाउने भारतीय पत्रिका दि इकोनोमिक्स टाइम्सले जनाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान