नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

अव नेपाल सरकारले विदेशमा रहेका राजदूतहरुको वार्षिक मूल्यांकन गर्ने

2017-01-12 18:01:13

    नेपाल सरकारले विदेशमा रहेका नेपाली राजदूतहरूको वार्षिक मूल्यांकन गर्ने भएको छ। राजदूतहरूमा कतै अनावश्यक सक्रियता र कतै सुस्त भएपछि परराष्ट्र मन्त्रालयले उनीहरूको मूल्यांकन गर्न लागेको हो। त्यसअनुसार परराष्ट्रमन्त्री प्रकाशशरण महतले राजदूतलाई पूर्णत: कार्यादेशमा राख्नुपर्ने प्रगति विवरण र कामको योजना दिनुपर्ने भन्दै गृहकार्य अघि बढाएको परराष्ट्र अधिकारीहरूले जनाएका छन्। 

    
'मन्त्रालयमा केही सुधार गर्ने र व्यवस्थित बनाउने काम सुरु गरेको छु। राजदूत नियुक्त भएपछि फलोअप गर्ने अवस्था सिर्जना गर्न लागिपरेको छु,' मन्त्री महतले भन्नुभयो, 'मुलुकपिच्छेको प्राथमिकता तय गरेर त्यसका लागि काम गर्न लागेको छु।' उहाँले राजदूतसँग आफू नियुक्त भएको देशमा के-के गर्ने, कुन मुलुकमा कुन विषय बढी जोड दिने, कुन काम कहाँ पुग्यो भन्ने विषयमा लिखितमै जानकारी माग गर्ने बताउनुभयो।
परराष्ट्रका एक अधिकारीले पनि 'राजदूतहरूको कार्यादेश, कुन मुलुकमा कुन क्षेत्रमा केन्द्रित गर्ने, राजदूतले के-के काम गर्छन् भन्नेजस्ता जस्ता विषय राखेर एक प्रणाली नै बनाउने र त्यो कार्यसम्पादनमा नै जाने गरी तयारी अघि बढेको' जानकारी दिनुभयो। विदेशमा रहेका नेपाली नियोगमध्ये कतिपय व्यस्त छन् भने कतिपयले खासै सक्रियता देखाउन सकेका छैनन्। राजदूत बहाल रहेका 18 मुलुकमध्ये न्युयोर्क, जेनेभा, भारत, चीन र वासिङटन डीसीपछि अन्य तीन दूतावास मात्र सक्रिय छन्।

    कान्तिपुर अनलाईनका अनुसार हाल जापान, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, बहराइन, ओमान, कतार, साउदी अरेबिया, इजरायल, म्यानमार, बंगलादेश र श्रीलंका गरी 13 स्थानमा राजदूत खाली छन्। 

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान