नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

पर्यटन नै नेपाली अर्थतन्त्रको आधार भएको नेपालका लागि चिनियाँ राजदूतको भनाइ

2017-01-12 18:00:35

    नेपालका लागि चिनियाँ राजदूत यु होङ्गले पर्यटन नेपाली अर्थतन्त्रको महत्वपूर्ण पाटो भएको बताउनुभएको छ। पर्यटन व्यवसायीहरुका लागि आयोजित 6 महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम समापन गर्दै राजदूत यु होङ्गले अद्वितीय प्राकृतिक छटा, पूरानो इतिहास, मौलिक संस्कृति र विश्व सम्पदा सूचीमा सूचिकृत स्थलहरुले पर्यटन संसाधनमा नेपालका धनी भएको बताउनुभयो। राजदूत यु होङ्गले भाषाले दुबै देशको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण सहयोग गर्ने भन्दै चिनियाँ भाषा प्रशिक्षण प्राप्त नेपाली पर्यटन व्यवसायीहरुबाट दुई मुलुकबीचको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    सन् 2014 मा नेपाल भ्रमण गर्ने चिनिया पर्यटकहरुको संख्या 1 लाख 40 हजार रहेकोमा सन् 2015 को महाभूकम्पका कारण सो संख्या 60 हजारमा सीमित रहेको बताउनुभयो। यु होङ्गले सन् 2016 मा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या 90 हजार रहेको भन्दै पुनःनिर्माण पश्चात सो संख्यामा उल्लेख्य रुपमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको आजकोखबर अनलाईनले लेखेको छ।

    समारोहमा पर्यटन सचिव शंकर प्रसाद अधिकारीले नेपाल र चीन साँस्कृतिक तथा भाषिक हिसाबले अत्यन्त नजिक रहेको बताउनुभयो। चीन र भारत नेपालका अत्यन्त निकट छिमेकी रहेको प्रसङ्ग उल्लेख गर्दै सचिव अधिकारीले 21 औँ शताब्दीमा चीन र भारतले गरेको उपलब्धि महत्वपूर्ण रहेको जानकारी दिनुभयो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि चीन सरकार र चिनिया दूतावासले दिएको निरन्त सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि नेपालको पर्यटक उद्योगको प्रवर्द्धनका लागि चीन सरकारबाट सक्दो सहयोगको अपेक्षा गर्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान