तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालमा हिन्दुहरुद्बारा स्वस्थानी व्रत मनाइँदै

2017-01-12 15:53:49

एक महिनासम्म मनाइने हिन्दु धर्मावलम्बीहरुको स्वस्थानी व्रत आज जनवरी बाह्र तारिखदेखि आरम्भ भएको छ। आजैदेखि श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ। हिन्दुहरुले साली नदीमा नुहाएर आफ्नो शरीर तथा मनलाई शुद्ध पार्ने गर्दछन्। स्वस्थानी व्रतकथाको अवधिमा धर्मावलम्वीहरुले सूत्रपाठ गर्ने गर्दछन् र महिलाहरुले आफ्ना श्रीमानको प्रार्थना गर्ने गर्दछन्।

स्वस्थानी व्रतकथा, सत्ययुगमा हिमालयकी छोरी पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिंग बनाइ निराहार व्रत बसेर तपस्या गरी मनोकांक्षा पूर्ण भएको कथासँग जोडिएको छ। शिव पार्वतीको विवाहपछि लोककल्याणका लागि परम्परागत रुपमा सोही व्रतकथा प्रचलित हुँदै आएको मानिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान