नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

दौत्य सम्बन्ध स्थापनाको 60‌औं वर्षमा श्रीलंकाली राष्ट्रपतिले नेपाल भ्रमण गर्ने

2017-01-11 18:14:24

    श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले छिट्टै नेपाल भ्रमण गर्ने नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएस पेरेराले बताउनुभएको छ। नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध स्थापनाको 60 वर्ष पुगेको अवसरमा श्रीलंकाली राष्ट्रपति सिरिसेनाले नेपाल भ्रमण गर्ने हुनुभएको हो।

    नेपाल र श्रीलंकाबीच दैत्य सम्बन्ध स्थापना भएको अर्को वर्ष 60औँ वर्ष पुग्दैछ। मंगलबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा श्रीलंकाका राजदूत पेरेराले राष्ट्रपति सिरिसेनाले छिटै नेपाल भ्रमण गर्न चाहेको जनाउनुभएको हो।

    गृह मन्त्रालयमा मंगलबार भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।

    भेटका क्रममा राजदूत पेरेराले गत वर्षको भूकम्पबाट क्षति भएको आनन्दकुटी विहार र रातो मच्छेन्द्रनाथको मन्दिर श्रीलंका सरकारले पुनःनिर्माण गर्ने जानकारीसमेत गराएका थिए।

    सो अवसरमा उपप्रधानमन्त्री निधिले भगवना गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउने श्रीलंकाली पर्यटकको सङ्ख्या वृद्धि गर्न राजदूतावासबाट आवश्यक समन्वय गरिदिन आग्रह गर्नुभयो। त्यस्ता भ्रमणले दुई देशबीच जनस्तरसम्ममा सम्बन्ध प्रगाढ बन्दै गएको निधिले बताउनुभयो। उपप्रधानमन्त्री निधिले भूकम्पपछिको पुनःनिर्माणलगायत विभिन्न क्षेत्रमा श्रीलंकाले गरेको सहयोगको सराहना गर्दै विकासमा श्रीलंकाको साझेदारीका लागि आग्रह गर्नुभएको गोरखापत्र अनलाईनले जनाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान