नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालको निर्माणमा शाहवंशीय राजा पृथ्वीनारायणको भूमिका रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ

2017-01-11 18:13:43

    प्रधानमन्त्री पुष्पकमल दाहालले सामन्ती र केन्द्रीकृत राज्य बिस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताउनुभएको छ। चितवनको भरतपुर आयोजित कार्यक्रममा उनले केन्द्रीकृत राज्य निर्माणमा उनको योगदान रहेको बताउनुभयो।

    उहाँले भन्नुभयो, 'उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो। पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ।' पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे? यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय रहेको उहाँले बताउनुभयो।

    यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सही निष्कर्षमा पुग्न सकिने बताउँदै उहाँले अब कार्यान्वयनको प्रक्रियातिर अघि बढिसकेको जानकारी दिनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान