नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाल सरकारले कृषि क्षेत्रको विकासका लागि आगामी तीन वर्षभित्र करिब डेढ खर्ब रुपैयाँ लगानी गर्ने

2017-01-10 18:16:56

    उत्पादनशील रोजगारी र न्यायपूर्ण वितरणसहित उच्च आर्थिक वृद्धिको माध्यमबाट दु्रत गतिमा गरिबी न्यूनीकरण गर्ने 14 औं योजनाको लक्ष्य छ। आयोगले सिँचाइतर्फ 14 औं योजनाको अन्त्यसम्ममा देशभर 15 लाख 20 हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ। हाल मुलुकभर गरी 13 लाख 92 हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोगले जनाएको छ । 13 योजनाले 14 लाख 87 हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने लक्ष्य तोकेको थियो।

    यसैबीच सरकारले चालू आर्थिक वर्ष 2073/074 मा प्रधानमन्त्री कृषि परियोजना (10 वर्षे) को चालू खर्च पाँच अर्ब 78 करोडसहित कृषि मन्त्रालयलाई 27 अर्ब 43 करोड 82 लाख रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्ष 21 अर्ब 43 करोड रुपैयाँ विनियोजन भएको थियो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान