नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाल सरकारले कृषि क्षेत्रको विकासका लागि आगामी तीन वर्षभित्र करिब डेढ खर्ब रुपैयाँ लगानी गर्ने

2017-01-10 18:16:56

    नेपाल सरकारले कृषि क्षेत्रको विकास आगामी तीन वर्षभित्र करिब डेढ खर्ब रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्रिय योजना आयोगको पूर्णबैठकले आइतबार 14 औं योजना पारित गर्दै यस्तो निर्णय गरेको हो। 13 औं योजनाको तुलनामा आयोगले 72.6 प्रतिशतले सरकारी लगानीमा वृद्धि गर्दै आगामी तीन वर्षसम्म समग्र कृषि क्षेत्रमा एक खर्ब 40 अर्ब 24 करोड रुपैयाँ खर्च हुने अन्नपूर्ण पोस्ट अनलाईनले जनाएको छ। यसमा निजी क्षेत्रको लगानी समावेश गरिएको छैन।

    14 औं योजनाको अवधि आर्थिक वर्ष 2073/074 देखि 2075/076 सम्मलाई तोकिएको छ। 13 औं योजनाअन्तर्गत गत आर्थिक वर्ष 2072/073 सम्ममा कृषि क्षेत्रमा 81 अर्ब 23 करोड रुपैयाँ सरकारी लगानी लागेको थियो। 13 औं योजना गत आर्थिक वर्षमा सकिएको थियो।

    आयोगका प्रवक्ता खोमराज कोइरालाका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सम्पन्न बैठकले 14 औं योजना पारित गरेको हो। आयोगले 14 औं योजनाअन्तर्गत चालू आर्थिक वर्ष 2073/074 मा कृषिको आर्थिक वृद्धिदर 4.5 प्रतिशत कायम गरेको छ । यस्तै आगामी वर्ष 2074/075 मा आर्थिक वृद्धिदर बढाएर 4.7 र 2075/076 मा आर्थिक वृद्धि दर 4.9 प्रतिशत हुने अनुमान गरेको छ।

    यसैगरी गैरकृषि क्षेत्रको आर्थिक वृद्धिदर 7.6 प्रतिशतबाट 9.3 प्रतिशतमा पुर्‍याइनेछ। प्रवक्ता कोइरालाका अनुसार चालू आर्थिक वर्ष 2073/074 मा आर्थिक वृद्धिदर 7.6 प्रतिशत छ । आगामी आर्थिक वर्ष 2074/75 र 2075/076 मा गैरकृषि क्षेत्रको आर्थिक वृद्धि क्रमशः 8.4 र 9.3 प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ। 13 औं योजनाले कृषि क्षेत्रतर्फ वार्षिक आर्थिक वृद्धिदर 4.5 र गैरकृषि क्षेत्रतर्फ 6.7 प्रतिशत तोकेको थियो। तर निर्धारित लक्ष्यको आधा मात्रै लक्ष्य भेट्न सक्यो। कृषितर्फ 2.23 प्रतिशत र गैरकृषितर्फ 3.37 प्रतिशतको हाराहारीमा मात्रै लक्ष्य पूरा गर्‍यो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान