तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाल-स्वीट्जरल्याण्डबीचको विज्ञान प्रविधि कार्यशाला काठमाडौंमा

2017-01-10 18:16:14

    नेपालमा प्रथम स्वीस-नेपाल विज्ञान प्रविधि हस्तान्तरण कार्यशाला राजधानीमा सुरु भएको छ । नेपाल र स्वीटजरल्याण्डबीच साझा अवसर र चुनौती पहिचान गरी प्रविधि आदान-प्रदान गर्ने उद्देश्यले कार्याशाला आयोजना गरिएको हो।

    स्वीटजरल्याण्डमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संगठन नेपसासले नेपालस्थित स्वीटजरल्याण्डको राजदूतावास र गेट्स कलेजको सहकार्यमा नेपालमा पहिलोपटक कार्यशाला आयोजना गरेको हो। कार्यशालाको स्थानीय साझेदारका रुपमा नेपाल बायोटेक्नोलोजी सोसाइटी र पुल्चोक इञ्जिनियरिङ कलेज रहेका छन्। कार्यशालामा स्वीस खानाका परिकार र आतिथ्य शैली (हस्पिटालिटी) बारे विविध प्रस्तुतीहरु दिइनेछ।

    कार्यशालाले विद्यार्थी र प्रविधिमा रुची भएकाहरुलाई स्थानीय तथा विदेशबाट अनलाइन कन्सल्टेशनका लागि उपलब्ध मेन्टर तथा विशेषज्ञहरुसित प्रत्यक्ष अन्तरक्रियाको अवसर प्रदान गर्ने आयोजकहरुले बताएका छन्। आवेदन दिएका सयौं सहभागीहरु मध्ये 50 जनालाई प्रतियोगीका रुपमा छनौट गरी आयोजना गरिएको कार्यशालामा सहभागीहरुको अवधारणा कार्यपत्र र मेन्टरको विषय दक्षताका आधारमा तीन दिनसम्म काम गर्नुपर्ने अनलाईन खबरले लेखेको छ।

    कार्यशाला तीन दिनसम्म गेट्स कलेजमा सञ्चालन हुनेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान