तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चितवन महोत्सव सुरु

2017-01-10 18:15:31

    चितवन उद्योग वाणिज्य संघको आयोजनामा सोमबारबाट नारायणगढ नारायणी नदी किनारमा 11औं चितवन महोत्सव सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको उक्त महोत्सव माघ पाँच गतेसम्म सञ्चालन हुने छ।

    महोत्सव उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले आर्थिक क्षेत्रमा चितवनको विशेष सम्भावना भएको बताउनुभयो। उहाँले शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने तयारीमा सरकार रहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले लोडसेडिङको समस्या समाधानतर्फ अगाडि बढेको हुँदा आर्थिक क्षेत्र तरंगित भएको बताउनुभयो।

    नागरिकन्यूज डट कमका अनुसार चितवन उद्योग वाणिज्य संघले 2053 सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना गर्दै आएको छ।

    चितवनमा फस्टाउँदो अवस्थामा रहेको केराखेती प्रवर्द्धनका लागि महोत्सवमा विशेष व्यवस्था गरिएको छ। महोत्सवमा केराका विभिन्न परिकार उपलब्ध हुने छन्। साथै केराको मूर्ति र नमुना केरीखेती समेत महोत्सव परिसरमा राखिएको छ। महोत्सव परिसरमा जिल्लाका कृषि उत्पादन मह, डेरीका साथै प्लास्टिक उद्योगका विभिन्न विशेष स्टल रहेका छन्। आदिवासी जनजातिका घरहरु, खानाहरु, माछा पोखरी पनि महोत्सव परिसरमा छन्। महोत्सवकै अवसरमा पुस 28 देखि माघ 2 गतेसम्म क्याम्पाचौरमा फुड फेस्टिबल पनि सञ्चालन हुने छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान