तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

हिल्सा पुल उद्घाटनसँगै चीनसँग जोडियो कर्णाली

2016-12-21 09:47:09

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सुदुरपश्चिमबाट चीन जोड्ने हिल्सा पुगेर मोटरेबल पुलको उद्घाटन गर्नुभएको छ। हुम्लाको हिल्सामा पुल निर्माणसँगै चीनको स्वशासित क्षेत्र तिब्बत र कर्णालीबीच सहज पहुँच भएको छ। अव मालबाहक गाडीहरू सिमापार गर्न थालेका छन्। चीनले नेपालको सीमा सेरासम्म सडक कालोपत्रे गरेको छ। सेरादेखि ३० किलोमिटर टाढा रहेको तिब्बतको ताक्लाकोट व्यापारिक केन्द्र हो।

नेपालतर्फको हिल्सा-सिमकोट ९५ किलोमिटर सडक निर्माण पूरा भए र चीनसँग इन्धन सम्झौता भएमा पेट्रोलियम पद्धार्थ र खाद्यान्न ल्याउन सहज हुने नेपालखबर अनलाईनले लेखेको छ। यो नाकालाई राम्रोसँग सञ्चालन गरियो भने चीन हुँदै पाकिस्तान, अफगानिस्तान, टर्की भएर युरोपसम्म पनि पुग्न सकिने स्थानीय पत्रकारको भनाइ छ। हिल्सा नाका भएर बर्सेनी भारतीयलगायत हजारौं धार्मिक पर्यटक तिब्बतको कैलाश-मानसरोवर यात्रामा जाने गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान