काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु गरेको छ। कामपाको ३२ वटै वडामा रहेका खुला स्थान र विपद्को जोखिमपूर्ण क्षेत्रको पहिचानसहित ती स्थानको नक्सा बनाउने काम भइरहेको छ। नेपाल रेडक्रम सोसाइटीको सहयोगमा जोखिम क्षेत्रको नक्सा बनाउने काम भइरहेको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले बताएका हुन्।
नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय उत्सवको रूपमा मनाइने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष अभियान सरकार र निजी क्षेत्रको मात्रै नभएर समग्र राष्ट्रकै अभियान भएको बताएका छन्।
मार्गशीर्ष शुक्ल पूर्णिमाका अवसरमा बिहीबार देशभर रहेका सनातन हिन्दु धर्मावलम्बीद्वारा धान्यपूर्णिमा, योमरी पूर्णिमा (यःमरि पुन्हि), कुलपूजा, गैडुपूजा, उधौली तथा १६औं ज्यापू दिवस मनाइँदै छ। विशेष गरी धान्यपूर्णिमा पर्वलाई ब्राह्मण, क्षत्री, किरात र नेवारी समुदायले आ-आफ्नै तरिकाले मनाउने गरेका छन्।
चिनियाँ गायन प्रतियोगितामा सञ्चालकको भूमिका निर्वाह गरिरहेका रोशन केसीले नेपाल र चीन भौगोलिक रूपमा नजीक भएपनि भावनात्मक दूरी टाढा भएकाले संगीतले दुवै देशबीचको घनिष्ठता बढाउने बताउँछन्। 'युवा पुस्तामाझ संगीतका माध्यमबाट आत्मीयता जगाउन सकिन्छ,' उनले भने, 'दुई छिमेकीबीच इतिहास र संस्कृतिको विकास र मित्रता गहन पार्न संगीतको योगदान हुन्छ।'
खेलपछि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले सागमा स्वर्ण जित्ने लक्ष्य पूरा भएको बताए। 'सागकै महत्वपूर्ण स्वर्ण जित्न सफल भयौं। लिग चरणदेखि नै खेलाडीले धेरै राम्रो खेले। स्वर्ण जित्ने लक्ष्यका साथ हामीले तयारी गरेका थियौं, जुन लक्ष्यमा हामी सफल भयौं।
बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको छ। प्रदेश पाँच सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा सन २०१९ को ११ महिनामा लुम्बिनी भ्रमण गर्ने पर्यटकहरु अघिल्लो वर्षको तुलनामा बढेका हुन्। पर्यटक संख्या बढेपनि उनीहरुको बसाई अवधि भने लम्बिन नसकेको गोरखापत्र अनलाइनले लेखेको छ।
नेपाली बजारमा अभाव भएपछि चिनियाँ कृषिजन्य उत्पादन प्याजको आयात ह्वात्तै बढेको छ। उत्तरको मुख्य तातोपानी नाकाबाट तीन सातादेखि दैनिक कम्तिमा सय टनका दरले चिनियाँ प्याज आयात भइरहेको तथ्यांक छ।
प्रभु बैंक लिमिटेड अमेरिकाको भिसाकार्ड प्रणालीबाट बाहिरिने भएको छ। नेपालका अधिकांश बैंकहरु भिसासँग आबद्ध रहेको अवस्थामा प्रभु बैंकले चिनियाँ युनियन पेको प्रणाली अपनाउन लागेको छ।
दमौलीका दशजना व्यवसायीहरुको निजी लगानीमा पक्की पुल निर्माण भएको छ। दमौलीका दशजना व्यवसायीहरुले व्यक्तिगत एक करोड ३० लाख रुपैयाँ लगानी गरेर व्यास नगरपालिकाको वडा नम्बर १ को अम्रेनी र वडा नम्बर ११ जोड्ने बुल्दी खोलामा पक्की मोटर चल्ने पक्की पुल निर्माण गरेका हुन्।
नेपाली सेनाले राष्ट्रिय गौरवको परियोजना 'काठमाडौँ-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)' निर्माण कार्य अबको तीन वर्ष छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको छ।
बेइजिङमा आईतबार आयोजित नवौं कूटनीतिज्ञ राष्ट्रिय पोशाक प्रतियोगितामा नेपालले दुई वटा पुरस्कार हात पारेको छ। नेपालले भेषभूषा प्रदर्शनीमा तेस्रो पुरस्कारका साथै उत्कृष्ट व्यवस्थापन पुरस्कार पनि जितेको हो।
काठमाडौं-पोखरा-जनकपुरधाममा मङ्सिर १० गतेदेखि सुरु भएको तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) आज मङ्गलबारबाट समापन हुँदैछ। पुरुष फुटबलको फाइनलसँगै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समापन समारोहको आयोजना हुने बताइएको छ।