चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर चार तारिख गुयनाका राष्ट्रपति अल्फा कुन्डेसँग दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको साठीऔं वार्षिकोत्सवबारे बधाई साटासाट गर्नुभएको छ।
जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवको उपलक्ष्यमा वर्णसंकर धानका पिता मानिने नामी चिनियाँ कृषि वैज्ञानिक ९० वर्षिय युआन लुङफिङलाई ‘गणतन्त्र पदक' प्रदान गरिएको छ। नयाँ चीन स्थापनाको शुरूआतमा चीन विश्वमा सबभन्दा गरिब मुलुकहरूमध्येको एक थियो र सर्वसाधारणको खानेलाउने समस्या थियो। गत शताब्दीको ७० दशकमा वैज्ञानिक युआनले आविष्कार गरेको वर्णसंकर धान सफल भएपछि चीनले विश्वको ९ प्रतिशत जग्गामा विश्वको लगभग २० प्रतिशत जनसंख्यालाई खुवाएको देखिन्छ। चीनको अन्नबालीको उत्पादन परिमाण लगातार रूपमा विश्वको पहिलो स्थानमा रहिरहेको छ।
सत्तरी वर्षयता चीनले विश्वको सबैभन्दा ठूलो आधारभूत चिकित्सा सुनिश्चितता सञ्जालको स्थापना गरेको छ। यो चिकित्सा सुनिश्चतता सञ्जालले एक अर्ब तीस करोड जनसंख्यालाई ढाकेको छ। आधारभूत चिकित्सा सुनिश्चतताको संलग्नता दर 95 प्रतिशत भएको छ। चिनियाँ नागरिकको प्रति व्यक्ति सरदर अनुमानित जीवनकाल 35 वर्षबाट बढेर 77 वर्ष पुगेको छ।
चीनले प्राकृतिक पर्यावरण प्रणाली र वातावरणीय संरक्षणको शक्तिलाई निरन्तर रुपमा बढाउनुका साथै पानी तथा माटोको क्षयीकरण र मरुभूमिकरणको नियन्त्रण गरेको छ। सन् 2000देखि संसारमा बढेको हरित क्षेत्रफलमध्ये एक चौथाइ चीनको वनस्पतिबाट लिइएको छ। चीनको प्राकृतिक आरक्षण क्षेत्रको संख्या 2750 वटा पुगेको छ। वायु, पानी, माटो प्रदूषणको नियन्त्रण तथा व्यवस्थापन स्थिरताका साथ अगाडि बढाइएको छ।
चालू वर्षको अगष्ट महिनामा बेल्जियममा रहेको “हाउ हाउ”नामक पान्डाले दुई वटा बच्चा सफलताका साथ जन्माएकी छ। हाल चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बेल्जियमका राजा फिलिप लिओपोल्ड लुइस मारीले एक अर्कालाई बधाई सन्देश दिनुभएको छ।
आज अक्टोबर ३ तारिख जन दैनिक अखवारमा ३ वटा रिपोर्ट प्रकाशित भएका छन् जसमा चाइना मिडिया ग्रूपको राष्ट्रिय दिवस प्रत्यक्ष प्रसारणको प्रशंसा गरिएको छ। ती ३ वटा रिपोर्ट यस प्रकार छनः ‘राष्ट्रिय दिवस समारोहको प्रत्यक्ष प्रसारणको आश्चर्यजनक दृश्य', ‘नयाँ चीन स्थापित भएको ७०औं वार्षिकोत्सव कार्यक्रमको टी.भी. प्रसारणमा छ वटा सफलता' तथा ‘७०औं वार्षिकोत्सव भव्य समारोहको क्यान्टोनिज भाषामा ४-के उच्च स्पष्टता सहित चलचित्रघरमा'।
चाइना मिडिया ग्रुपका पत्रकारले अक्टोबर दुई तारिख दिउँसो टोकियोमा जापानका प्रधानमन्त्री शिन्जो अबेसँग विशेष अन्तर्वार्ता लिएका छन्। प्रधानमन्त्री अबेले जापानी जनताको तर्फबाट जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सवप्रति शुभकामना दिनुभयो। उहाँले जापान र चीनबीचको सम्बन्ध अझै सुदृढ हुनसक्ने आशा व्यक्त गर्नुभयो। राष्ट्राध्यक्ष सी चिन फिङले आगामी वर्षको वसन्त ऋतुमा जापानको राजकीय भ्रमण गर्नुहुने छ।
पो सु फी कम्बोडियाकी एक जना सामान्य महिला हुन्। ७ वर्षअघिको तुलनामा हाल उनले घर तथा मोटरसाइकल किनिसकेकी छन् भने २ जना छोराछोरीको स्कूल शुल्क पनि तिर्नसक्ने भएकी छिन्। उनको जीवनमा आएको यो ठूलो परिवर्तनको कारण सिंहानुक आर्थिक विशेष क्षेत्रमा खोलिएको चिनियाँ कम्पनीले दिलाएको रोजगारी हो। सन् २००८मा स्थापना गरिएको सो विशेष क्षेत्र चीन तथा कम्बोडियाका उद्यमहरूको संयुक्त निर्माण हो भने यो नै चीनले खुलापनका क्रममा विश्वसँगै विकास मौका बाँड्न खोजेको एउटा सानो स्वरूप मात्र हो।
अक्टोबर एक तारिख बेलुकी जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सवको साँस्कृतिक कार्यक्रम पैचिङस्थित थ्येन आन मन चोकमा आयोजना भएको छ। यो साँस्कृतिक कार्यक्रमको नाम “म तिमीलाई माया गर्छु, चीन”भन्ने रहेको छ। साढे एक घण्टासम्म चलेको यो साँस्कृतिक कार्यक्रमले अनेकौं आधुनिक वैज्ञानिक तथा प्राविधिक उपलब्धिमार्फत सबैले सँगसँगै मनाउने दृश्य देखाइएको छ।
सेप्टेम्बर ३० तारिख इजिप्ट राष्ट्रपतीय भवनका पदाधिकारी होसाम जाटारले राष्ट्रपति अब्देल फाताह अल सीसीको तर्फबाट इजिप्टको लागि चिनियाँ दूताबास गएर चिनियाँ राजदूत ल्याउ ली छ्याङलाई नयाँ चीन स्थापित भएको ७० औं वार्षिकोत्सव प्रति राष्ट्रपति सीसीको शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको छ।
जेनेभास्थित संयुक्त राष्ट्र संघीय कार्यालयको सँस्कृति समितिका संयोजक थोमस क्रिगेरले स्थानीय समय अक्टोबर एक तारिख जेनेभामा पत्रकारहरूलाई अन्तर्वार्ता दिँदै चीनको राष्ट्रिय दिवस समारोहमा आयोजना गरिएको सैन्य परेड र नागरिकहरूको प्रदर्शनबाट आफूलाई आश्चर्य लागेको कुरा बताउनुभएको छ।
जनगणतन्त्र चीन स्थापित भएको ७०औं वार्षिकोत्सवको लागि उत्तर कोरिया राज्य परिषद समितिका अध्यक्ष किम चोङउनले चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई शुभकामना सन्देश पठाउनुभएको छ।