राष्ट्राध्यक्ष सीका अनुसार राष्ट्रपति भण्डारीले यस वर्षको अप्रिलमा पैचिङ्गमा नेपाल भ्रमणको हार्दिक निमन्त्रणा गर्नुभएको थियो। सोही बमोजिम आफूले निमन्त्रणा स्वीकारेर नेपालको भ्रमण गरेको उहाँले बताउनुभयो।
सन्2019 अक्टोबर11देखि 12तारिखसम्म चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको चेन्नईमा दोस्रो अनौपचारिक वार्ताको आयोजना गर्नुभएको छ। यस वार्ता पछि चिनियाँ उप परराष्ट्रमन्त्री ल्वो चाउ ह्वीले सञ्चार माध्यमलाई यस वार्ता सम्बन्धी जानकारी दिनुभएको छ।
हङकङ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक क्यारी ल्यामले ४ तारिख प्रशासनिक सम्मेलनमार्फत् निर्णय गर्दै मुख लुकाउन निषेध नियम तर्जुमा गरेर ५ तारिखदेखि लागू हुने जनाउनुभएको थियो। हङकङको विशाल जनमत तथा समाजका विभिन्न क्षेत्रहरूले सो नियमको समर्थन गरेका छन्।
जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा नब्बे वर्षिय चिनियाँ महिला वैज्ञानिक एवं नोबेल पुरस्कारको फिजियोलोजी मेडिकल अवार्डबाट पुरस्कृत थु योयोलाई ‘गणतन्त्र पदक' प्रदान गरिएको छ। उनी र उनको टोलीले परम्परागत चिनियाँ चिकित्साको आधारमा आर्टेमिसिनबाट औलो रोगीको उपचार गर्ने उपाय पत्ता लगाएर विश्वव्यापी दशौं लाख औलो रोगीको ज्यान बचाएको छ। यो चिकित्सकीय उपलब्धि नयाँ चीन स्थापनाको ७० वर्षमा वैज्ञानिक विकास तथा प्रगतिको एक सानो रूप हो।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले अक्टोबर ६ तारिख प्रजातान्त्रिक जनगणतन्त्र कोरियाली श्रमिक पार्टीका महासचिव एवम् राज्य परिषदका अध्यक्ष किम जोङ ऊनसँग चीन र उत्तर कोरियाबीच दौत्य सम्बन्ध स्थापनाको उत्तरीऔं वार्षिकोत्सवमा एक अर्कालाई बधाई सन्देश सम्प्रेषण गर्नुभएको छ।
नयाँ चीन स्थापनाको ७० वर्षमा चीनको यातायात तथा ढुवानी क्षेत्रमा विश्वका प्रथमहरूको रेकर्ड सिर्जना गरिएको छः विश्वमा संचालित तीव्र गतिको रेल नेटवर्क एउटै मात्र मुलुक र संचालनमा आएको रेलमार्गको कूल दूरी सबैभन्दा लामो भएको मुलुक हो। चीनमा राजमार्गको कूल दूरी विश्वको प्रथम स्थानमा पुगेको छ। कन्टेन्नर राखिने क्षमताको सन्दर्भमा चीनका ७ वटा बन्दरगाह विश्वका अघिल्ला १०को सूचीमा प्रवेश भएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक व्यूरोका सदस्य एवम् चीनका उप प्रधानमन्त्री हु छुन व्हाले अक्टोबर दुई तारिखदेखि पाँच तारिखसम्म क्वाङ तुङ प्रान्तमा स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको निर्माण कार्यको निरीक्षण गर्नुभएको छ।
चीनको राज्य परिषद हङकङ मकाउ कार्यालयका प्रवक्ता याङ क्वाङले ४ तारिख हङकङ विशेष प्रशासनिक क्षेत्रीय सरकारले घोषित गरेको 'मुख लुकाउने निषेध नियम'को तर्जुमाबारे चर्चा गर्नुभएको छ। सो नियमको आवश्यकताबारे जोड दिँदै प्रवक्ता याङले यसबाट हिंसात्मक अपराधलाई प्रहार तथा प्रतिरोध गर्न तथा सामाजिक परिपाटीको पुनः स्थापना गर्नको लागि हितयुक्त भएको जिकीर गर्नुभयो।
जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवको उपलक्ष्यमा चीनका सर्वोच्च नेता सी चिनफिङले धेरै पटक सम्बोधन गर्दै चिनियाँहरूले विश्वका विभिन्न मुलुकका जनतासँगै मिलेर ‘मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण'लाई अघि बढाउने महत्वबारे पुष्टि गर्नुभएको छ। यो नै विश्वको शान्ति तथा विकास एवम् विश्वव्यापी संचालन र शासन व्यवस्थाका लागि प्रदान गरिएको चिनियाँ प्रस्ताव हो।
सन् १९८०मा विश्व बौद्धिक सम्पदा अधिकार संगठनमा चीनको प्रवेश भएपछि प्रतिलिपि, ट्रेडमार्का, सर्वाधिकार लगायत सम्बद्ध अन्तर्राष्ट्रिय सन्धिमा पनि चीनले भाग लिएको छ। सन् २०१८मा चीनमै तथा विदेशमा दिइएको प्रतिलिपि अधिकार आवेदनको संख्या ४२ लाख पुगेको छ भने आविष्कार प्रतिलिपि आवेदनको संख्या ८ वर्षसम्म लगातार विश्वको पहिलो स्थानमा रहिरह्यो। विश्व बौद्धिक सम्पदा अधिकार संगठनका महाप्रबन्धक काउ रवीले यसबारे चर्चा गर्दै भन्नुभयोः चीनले ३०/४० वर्षको छोटो समयमा विश्वमा अग्रसर बौद्धिक सम्पदा अधिकार अवस्था खडा गरिसकेको छ र यसै क्षेत्रमा आश्चर्यजनक उपलब्धि हासिल गरेको छ।
अक्टोबर पाँच तारिख 2 बजेर 51 मिनेट चीनले थाइ युआन उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ चार नम्बर ग क्यारियर रकेटमार्फत काउ फन दश नम्बर उपग्रहको सफलताका साथ प्रक्षेपण गरेको छ। उक्त उपग्रह निर्धारित लिगमा सुचारु रुपमा प्रवेश भएको छ। यस पटकको प्रक्षेपण कार्यले सफलता प्राप्त गरेको छ।
हङकङ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक क्यारी ल्यामले ४ तारिख विशेष प्रशासनिक बैठक बोलाएकी छन्। सो बैठकमा ‘आपतकालीन अवस्था नियम'लाई उद्धृत गर्दै सामाजिक परिपाटीको चाँडै पुनः स्थापना तथा बिद्रोह बन्द गर्नको लागि ‘मुख लुकाउने निषेध नियम' तर्जुमा गर्ने निर्णय गरिएको छ।