तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सँस्कृति तथा जीवन > विस्तृत विषय

थाइ ची बक्सिङ र योग

2015-06-04 15:37:30 CRI

थाइ ची बक्सिङको उदगम चीन हो भने योगको उदगम भारत थियो। थाइ ची र योग एशियाली सभ्यताको उत्कृष्ट खेलकुद विधा हुन्। हाल यी दुबै पुराना कसरत विश्वमा निकै लोकप्रिय छन्। खास गरी आधुनिक मानिसको व्यस्त तथा भागदौडको जीवनशैलीमा यो निकै लोकप्रिय छ।

थाइ ची बक्सिङ चीनको राष्ट्रिय गैरभौतिक साँस्कृतिक सम्पदा हो। चीनमा थाइ ची बक्सिङको व्यापक आधार छ। चिनियाँहरुले थाइ चीलाई कसरत खेलकुदको रुपमा अपनाउँछन्। हरेक दिन विहान पार्कमा थाइ ची बक्सिङका प्रेमीहरु देख्न पाइन्छ। ती प्रेमीहरुमध्ये केही विदेशी पनि हुन्छन्।

“विहान मैले पार्कमा थाइ ची बक्सिङको अभ्यास गरिरहेका मानिसहरु देख्छु। केही समुदायमा थाइ ची बक्सिङको अभ्यास गर्ने मानिसहरु देख्नपाइन्छ। विहान छ, सात बजे साठी, सत्तरी वर्षीय वृद्धवृद्धाहरुले पनि थाइ ची बक्सिङको अभ्यास गर्नेगर्छन्।”

भारतको तमिल निवासी गोपीनाथ चीनस्थित अमेरिकी मेशिन कम्पनीका इन्जिनियर हुन्। उनको प्रारम्भिक छबिमा थाइ ची एक “सुस्त” खेलकुद थियो।

“पहिलो पटक मैले विहान पार्कमा थाइ ची बक्सिङ देखेको हुँ। मेरो विचारमा थाइ ची शरीर र मनलाई आराम बनाउने खेलकुद हो। थाइ ची बक्सिङ गर्ने शैली एकदमै सुस्त हुन्छ।”

आर्थिक तथा सामाजिक विकासले तीब्रता लिइरहेको र जीवनशैली निकै अस्तव्यस्त बनिरहेको समयमा आज थाइ ची विभिन्न किसिमका मानिसद्वारा मन पराइएको अभ्यास मानिन्छ। मानिसले थाइ ची बक्सिङको अभ्यास गरी शरीरको कसरत गर्छन्, जीवनको भागदौडबाट उत्पन्न तनाव र स्नायूलाई आराम दिन्छन्। विश्वको विभिन्न ठाउँमा थाइ ची बक्सिङ हल पत्ता लगाउन सकिन्छ। हरेक वर्ष धेरै विदेशीहरु थाइ ची प्रेमीहरुले थाइ ची बक्सिङ सिक्न चीनको ऊ ताङ पहाड, ह पै प्रान्तीय हान तानआदि थाइ चीका उदगम स्थलहरु जान्छन्।

भारतकै तमिल निवासी चित्रा शिवकुमार हंगकंगको शहर विश्वविद्यालयअन्तर्गत विज्ञान तथा इन्जिनियरिङ कलेजका एकजना शिक्षिका हुनुहुन्छ। उहाँले हंगकंगमा थाइ ची बक्सिङ सिकेको छ महिना भइसक्यो। उहाँको विचारमा थाइ ची बक्सिङले शरीरको कसरत गर्नसक्ने मात्र नभई मस्तिष्कको पनि कसरत गर्नसक्छ।

“मैले हंगकंगस्थित मेरो आबास ठाउँको नजिकैको एक फिटनेस सेन्टरमा थाइ ची सिकिरहेकी छु। थाइ चीको अभ्यास गरेको केही महिनापछि मेरो गर्धनको मेरुदण्डमा लागेको रोगमा केही सुध्रार आएको छ।”

यसका साथै शिवकुमार पनि भारतीय योगका पारखी हुन्। उहाँका नजरमा थाइ ची र योगका समान विशेषता छ। जस्तै भनौं थाइ ची र योगले श्वास-प्रश्वासमाथि महत्व दिन्छन्।

प्राचीन योग संस्कृति भारतबाट उदय भएको हो। हाल पैचिंगमा योग हलहरु फैलिएका छन्। भारतभन्दा केही भिन्नता के हो भने पैचिंगमा योगका अभ्यास गर्ने प्रायजसो महिलाहरु हुन्छन्।

शरीरको कसरत गर्नुका साथै धेरैजनाले भारतको सँस्कृतिप्रति गहिरो चासो राख्ने गर्दछन्। श्रीमती चाङ हाउ चीनको तुङ फाङ नाचगान मण्डलीका एकजना कोरियोग्राफर हुन्। उनले धेरै महिनासम्म भारतको नृत्यबारे अध्ययन गरिरहेकी छिन्। सन् 2001मा उनी विद्वानको हैसियतमा भारत अध्ययन गर्न गएकी थिइन्। उनले नयाँ दिल्लीस्थित गणेश नाट्यालयमा दुई वर्षसम्म भरत नाट्यम् सिकेकी थिइन्। योगप्रेमी चाङ हाउले भारतमा अध्ययनका क्रममा योगको उदगम स्थल- ऋषिकेश भ्रमण गरेकी थिइन्। त्यहाँ चाङ हाउले नृत्य, योग, प्रकृतिबारे अझै गहिरो जानकारी लिएकी थिइन्।

चीन र भारत यी दुबै मुलुक एक्काईसौं शताव्दीमा अन्तर्राष्ट्रिय बनौटको ढाँचामा रुपान्तरण हुन अग्रसर महत्वपूर्ण मुलुक बन्ने छन्। थाइ ची र योगले चीन र भारतबीचको सभ्यताको मूल्यवान वस्तुको रुपमा पूर्वबाट विश्वतर्फ लम्किरहेका छन्।  







समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान