तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सँस्कृति तथा जीवन > विस्तृत विषय

एक जोडी चिनियाँ दुलाहा-दुलहीको वैवाहिक समारोह अफ्रिकी रेलमार्गको निर्माणस्थलमा

2015-05-21 14:04:24 CRI

मे दुई तारिख चिनियाँ सडक तथा पुल निगमद्वारा निर्माण गरिने केन्याको द मोम्बासा-नैरोबी रेलमार्गको निर्माणस्थलमा एक जोडी चिनियाँ युवायुवतीले चीन र केन्याका कर्मचारीहरुको उपस्थितिमा विवाह समारोहको आयोजना गरे। उनीहरु द मोम्बासा-नैरोबी रेलमार्गको निर्माण शुरु भएदेखि निर्माणस्थलमै विवाह गर्ने पहिलो जोडी चिनियाँ युवायुवती हुन्।

दुलाहा मू स्यू छ्याङ्ग र दुलही ली च युआन सन् 1990पछि जन्मेका हुन्। दुलाहाका बुबा रेलमार्गको काम गर्नुहुन्छ। उनले बुबाको कामलाई निरन्तरता दिएर रेलमार्ग क्षेत्रका एकजना कर्मचारी बनेका छन्। दुलही ली च युआन पहिला बेलायतमा अध्ययन गरेकी सुन्दरी केटी हुन्। अफ्रिकी रेलमार्गको निर्माणस्थलमा विवाह गर्दाको अनुभवबारे चर्चा गर्दै यो जोडीलाई निकै खुशी लागेको छ।

“निकै खुशी लाग्यो। नेता र सहकर्मीहरुले हाम्रो विवाह समारोहको तयारीका लागि राम्रो मद्दत गरेका छन्। म उनीहरुप्रति आभारी छु। घरमा छैनौ र, मातृभूमिमा पनि रहेका छैनौ तर यहाँ आफ्नो घर जस्तै अनुभव भएको छ। नेता र सहकर्मी मेरो नातेदार जस्तै छन्।”

द मोम्बासा-नैरोबी रेलमार्गअन्तर्गत आठौं विभागका उप प्रमुख वाङ मिङ च्युन यो दुलाहा दुलहीका साक्षी हुनुहुन्छ। उनकाअनुसार, दुलाहा आठौं विभागका प्राविधिज्ञ हुन्। दुलही कार्यालयकी कर्मचारी हुन्। यी दुबै युवायुवती द मोम्बासा-नैरोबी रेलमार्गको निर्माणमा सहभागी भएका बेलामा प्रेममा परेका हुन्। हाल उनीहरुले विवाहको रेड कार्पेटमा हिँडेका छन्। वाङले भन्नुभयो

“उनीहरुबीच गत वर्षको सेप्टेम्बर, अक्टोबर महिनामा चिनजान भएको थियो। चालू वर्षको मार्च महिनामा उनीहरुले वैवाहिक प्रमाण पत्र लिए। हाम्रो विभागका महिला कर्मचारी थोरै छन्, जम्मा तीन जना महिला छन्। एकजना महिला कर्मचारी विवाहित हुन्। आज ली च युआनको विवाह भयो । अव एकजना मात्रै महिला कर्मचारी बाँकी छिन्।”

29 वर्षीय बेन्सन मासावो यो दुलाहा दुलहीका सहकर्मी हुन्। उनले केन्याको परम्परागत पछ्यौरी लगाई अरु सहकर्मीहरुसँग नाचगान गरे।

“यो मेरो सानो उमेरदेखि नै सहभागी हुँदै आएकामध्ये सबैभन्दा सुन्दर विवाह समारोह हो। यो एक अन्तर्राष्ट्रिय स्तरको अफ्रिकी विवाह हो। केन्यामा आयोजित यस्तो विवाह समारोह हामीले सजिलै बिर्सन सक्दैनौ। उनीहरु हाम्रा साथी हुन्। कहिले काहीँ हामीले कामबारे पनि चर्चा गर्छौं।

थाहा भएअनुसार, कुल लम्बाइ चार सय असी किलोमिटरको द मोम्बासा-नैरोबी रेलमार्ग एक सय वर्षयता केन्याले निर्माण गर्ने पहिलो नयाँ रेलमार्ग हो। यो रेलमार्ग चीनको मापदण्डअनुसार निर्माण गरिएको हो। यो रेलमार्गको निर्माणका लागि तीस अर्ब एकासी करोड अमेरिकी डलर लगाइएको छ। यो रेलमार्ग संचालन भएपछि पूर्वी अफ्रिकाको आर्थिक सहयोग तथा साँस्कृतिक आदान-प्रदानलाई बढाउन, अन्तर्राष्ट्रिय व्यापार तथा अन्तर्राष्ट्रिय सहयोगका लागि महत्वपूर्ण हुनेछ। आफू र श्रीमानको भावी कामबारे चर्चा गर्दै दुलही ली च युआनले अंग्रेजी भाषामा भनिन्

“यहाँ मेरो मनको सपना पूरा भयो। हाम्रो अफ्रिकी सहकर्मीहरुले हामीलाई धेरै ठूलो आश्चर्य दिए। उनीहरुले हामीलाई एक अफ्रिकी परिवारमा बस्ने अनुभव गराए। किनभने हाम्रो परिवार द मोम्बासा-नैरोबी रेलमार्गमा एक भएको हो। त्यसैले हामीले भविश्यमा यो परियोजनाका लागि योगदान गर्ने छौं। हामीले यो परियोजनाले प्रशस्त उपलब्धि हासिल गर्ने विश्वास पनि लिएका छौं।” 


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान