नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सँस्कृति तथा जीवन > विस्तृत विषय

नीङ स्याद्वारा ग्रामीण क्षेत्रको चिकित्सा तथा स्वास्थ्य सेवा क्षमतालाई माथि उकास्नका लागि नीति सार्वजनिक

2015-03-16 16:56:09 CRI

चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि एवम् नीङ स्या व्है जातीय स्वायत्त प्रदेशका उपाध्यक्ष वाङ ह शानले चीनका दुई वटा अधिवेशनका दौरान पत्रकारहरुलाई अन्तर्वार्ता दिँदै भन्नुभयो-नीङ स्या व्है जातीय स्वायत्त प्रदेशको सरकारले ग्रामीण क्षेत्रका चिकित्सकहरुको हितको प्रत्याभूति र अवकाश परिपाटी सम्बन्धी समस्याको अनुसन्धान गरिरहेको छ। र चालू वर्षको पूर्वार्धमा सम्बन्धित नीति र दस्तावेज सार्वजनिक गर्न प्रयास गरिनेछ जसबाट ग्रामीण क्षेत्रका चिकित्सकहरुको हितको संरक्षण गर्नसकियोस् र ग्रामीण क्षेत्रको चिकित्सा तथा स्वास्थ्य सेवा क्षमता र स्तरलाई माथि उकास्न सकियोस्।

वाङ ह शानले पत्रकारको प्रश्नको जवाफ दिँदै नीङ स्या व्है जातीय स्वायत्त प्रदेशको सरकारले ग्रामीण क्षेत्रका चिकित्सकहरुको हितको प्रत्याभूति र अवकाश परिपाटीलाई ग्रामीण क्षेत्रको चिकित्सा क्षेत्रको महत्वपूर्ण समस्याको रुपमा लिएर अनुसन्धान गर्दैआएको र साथै विभिन्न पक्षको प्रस्ताव संकलन गरिरहेको कुरा बताउनुभयो। उहाँले भन्नुभयो

“हाल सरकारले ग्रामीण क्षेत्रका चिकित्सकहरुको हित, अवकाश परिपाटीमा भत्ताको मापदण्डबारे अझै गहिरो रुपमा अनुसन्धान गर्न आवश्यक छ। विभिन्न स्तरका अर्थ विभागले ती समस्या बोझहरुलाई कसरी संवोधन गर्न सक्छ? हामीले यसबारे पूर्वानुमान गर्नु जरुरी छ। अनुमानपछि हामीले चालू वर्षको पूर्वार्धमा सम्बन्धित नीति सार्वजनिक गर्न प्रयास गर्ने छौं।”

चीन अधिकांश किसानी जनसंख्याले ओगेटिएको विश्वको ठूलो मुलुक हो। चीनको ग्रामीण क्षेत्रका चिकित्सकहरुको संख्या दश लाख भन्दा बढी छ। ती डाक्टरहरु चीनका नब्बे करोड जना किसानको स्वास्थ्यसित सम्बन्धित छन्। नीङ स्याको थुङ सिन जिल्लाको लो च्या वान ह गाउँबाट आएकी चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि मा यु व्हा ग्रामीण क्षेत्रकी डाक्टर हुन्। साथै उनी ग्रामीण क्षेत्रका चिकित्सकहरुको हितको प्रत्याभूति र अवकाश परिपाटीकी समर्थक हुन्। सन् 2013 र सन् 2014मा मा यु व्हाले जाँचबुझ गरेपछि चिनियाँ राष्ट्रिय जन काँग्रेसको अधिवेशनमा “ग्रामीण क्षेत्रका चिकित्सकहरुको हित-सुधार गर्ने र ग्रामीण क्षेत्रका डाक्टर समूहलाई स्थिर पार्ने” तथा “ग्रामीण क्षेत्रीय स्तरको स्वास्थ्य संस्थाको सेवा क्षमतालाई माथि उकास्ने” प्रस्तावहरु प्रस्तुत गरेकी थिइन्। उनले प्रस्तुत गरेको प्रस्तावमा ग्रामीण क्षेत्रको चिकित्सा र स्वास्थ्यमा थप रकम लगाउन, ग्रामीण क्षेत्रका डाक्टरलाई तालिम दिन, ग्रामीण क्षेत्रका वृद्धवृद्धा  समस्याको क्रमशःसमाधान गर्न आग्रह गरेकी थिइन्। दुई वटा अधिवेशनको दौरान मा यु व्हाले ग्रामीण क्षेत्रका चिकित्सकहरुको अवकाश परिपाटीको स्थापना ग्रामीण क्षेत्रका डाक्टर समूहको निर्माण र ग्रामीण क्षेत्रको चिकित्सा स्तरको प्रत्याभूति गर्नका लागि महत्वपूर्ण अर्थको फेरि एक पटक जोड दिएकी छिन्। उनले भनिन्

“ग्रामीण क्षेत्रका चिकित्सकहरुको अवकाश परिपाटी समाधान नगरिएको खण्डमा नयाँ डाक्टर ग्रामीण क्षेत्र आउँन सक्दैन, बृद्ध डाक्टरले अवकाश लिनुपर्छ र काम गरिराख्न सक्दैन। ग्रामीण क्षेत्रका चिकित्सकहरुको सेवा क्षमता माथि उकासिन पनि सक्दैन।”

मा यु व्हाले पत्रकारसँग कुराकानी गर्दै भनिन्-उनले दुई वटा अधिवेशनमा प्रस्तुत गरेका प्रस्तावहरु केन्द्रीय सरकार र स्वायत्त प्रदेशको सरकारका सम्बन्धित विभागहरुद्वारा महत्व दिइएको र जवाफ दिइएको छ। हालैका केही वर्षयता ग्रामीण क्षेत्रको चिकित्सा स्तरमा वृहत्तर विकास भएको छ। उनलाई खुशी लाग्यो। चालू वर्षको दुई वटा अधिवेशनमा प्रधानमन्त्री ली ख छ्याङ्गले चिनियाँ राष्ट्रिय जन काँग्रेससमक्ष सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्दै चालू वर्ष सार्वजनिक स्वास्थ्य सेवाको भत्तासम्बन्धी प्रति व्यक्तिको सरदर आधारभूत मापदण्ड बढ्ने, किसानले नजिकैका डाक्टरसँग स्वास्थ्य सुविधा लिनसक्ने कुरा बताउनुभयो। मा यु व्हाले भनिन्

“मलाई खुशी लागेको कुरा के हो भने चालू वर्षमा ग्रामीण क्षेत्रका डाक्टर सरकारी कार्य प्रतिवेदनमा समेटिएको छ। सार्वजनिक स्वास्थ्य सेवाको भत्ता पहिलाको पैंतीस चिनियाँ युआनबाट बढेर हालको चालीस चिनियाँ युआन पुग्ने छ। बृद्धि भएको पाँच चिनियाँ युआन ग्रामीण क्षेत्रका डाक्टरलाई प्रदान गरिने छ। ग्रामीण क्षेत्रका डाक्टरहरुका लागि यो एक राम्रो कुरा हो।”


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान