तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सँस्कृति तथा जीवन > विस्तृत विषय

अर्जेन्टिना फुटबल संघ र छिङ्व्हा विश्वविद्यालयको मातहत प्राथमिक विद्यालयद्वारा पैचिंगमा युवायुवती र किशोरकिशोरी फुटबल तालिम आधार क्षेत्रको निर्माण

2015-02-08 19:32:57 CRI

अर्जेन्टिना फुटबल संघको वाणिज्य प्रोक्सी कम्पनी र छिङ्व्हा विश्वविद्यालयको मातहत प्राथमिक विद्यालयले फेब्रुअरी महिनाको एक तारिखका दिन अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा एक सम्झौतामा हस्ताक्षर गरी दीर्घकालीन रणनैतिक सहयोग सम्बन्धको स्थापना गरेका छन्। दुई पक्षले पैचिंगमा चीन-अर्जेन्टिना युवा तथा किशोर फुटबल तालिम आधार क्षेत्रको निर्माण गर्ने र यसलाई आधारको रुपमा बनाएर “अर्जेन्टिना फुटबल संघको फुटबल विद्यालय”को स्थापना गर्ने छन्।

अर्जेन्टिना फुटबल संघ र छिङ्व्हा विश्वविद्यालयको मातहत प्राथमिक विद्यालयको सहयोगात्मक परियोजना “चीनको फुटबल सपना साकार तुल्याउनु-च्या तो पाउ चिनियाँ युवायुवती र किशोरकिशोरी फुटबल तालिम योजना”का महत्वपूर्ण विषयहरुमध्येको एक हो। यो परियोजना चीनको राष्ट्रिय खेलकुद व्यूरो, चिनियाँ फुटबल संघ, पैचिंगको खेलकुद कोषद्वारा संयुक्त रुपमा प्रस्तावित गरिएको हो भने च्या तो पाउ कम्पनीद्वारा आर्थिक प्रायोजन गरिएको र म्याराडोना अन्तर्राष्ट्रिय ट्रेड मार्का कम्पनीद्वारा आयोजना गरिएको हो। फुटबलका राजा म्याराडोना सो परियोजनाका वरिष्ठ  सल्लाहकार हुनुहुन्छ।

अर्जेन्टिना फुटबल संघको वाणिज्य प्रोक्सी कम्पनी र छिङ व्हा विश्वविद्यालयको मातहत प्राथमिक विद्यालयको सहयोगात्मक परियोजनाको हस्ताक्षर समारोहमा चीनको राष्ट्रिय शिक्षा परामर्श परिषदका सदस्य थाउ सी फिङ्गले भन्नुभयो, गत वर्ष चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले अर्जेन्टिनाको भ्रमण गर्नुभएको बेलामा अर्जेन्टिनाले चीनलाई फुटबलको विकास गर्न मद्दत दिने आशा प्रस्तुत गर्नुभएको थियो। अर्जेन्टिना र छिङ्व्हा विश्वविद्यालयको मातहत प्राथमिक विद्यालयबीचको दीर्घकालीन रणनैतिक सहयोग सी चिन फिङ्गको सदिच्छालाई साकार तुल्याउनका लागि चालिएको एक ठोस कदम हो। दुई पक्षको सहयोगले चीनको विद्यालय परिसरमा फुटबल खेल र विद्यालय परिसरमा फुटबल सँस्कृतिको विकासलाई बढाउने, चीनले अझै बढी फुटबलका दक्ष व्यक्तिहरुलाई हुर्काउनका लागि सकारात्मक भूमिका निर्वाह गर्ने छ।

अर्जेन्टिना फुटबल संघको वाणिज्य प्रोक्सी कम्पनीका उप महाप्रबन्धकले भन्नुभयो-अर्जेन्टिना परम्परागत फुटबलको शक्तिशाली मुलुक हो। चीन विश्वको दोस्रो ठूलो आर्थिक समूह हो। चीनले पनि फुटबलमार्फत चीनको शक्ति देखाउने आशा लिएको छ। हालैका केही वर्षयता दुई मुलुकको रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध निरन्तर रुपमा विकास हुँदै गएको छ। अर्जेन्टिना फुटबल संघले चीनसँग सहयोगलाई सबल पार्ने अपेक्षा लिनुका साथै फुटलबलाई पुलको रुपमा बनाएर दुई मुलुकको खेलकुद क्षेत्रको आदान-प्रदानलाई मजबुत पार्ने, चीनले फुटबल युवायुवती र किशोरकिशोरी हुर्काउनका लागि सकारात्मक योगदान दिने आशा लिएको छ।

म्याराडोना अन्तर्राष्ट्रिय ट्रेड मार्का कम्पनीका महाप्रबन्धक तु यु थुङले भन्नुभयो-दुई पक्षबीच हस्ताक्षर गरिएको सम्झौताअनुसार, आगामी दश वर्षमा छिङ व्हा विश्वविद्यालयको मातहत प्राथमिक स्कुलले हरेक वर्षमा आफ्नो स्कलको फुटबल टोलीका सदस्य वा फुटबल मन पराउने विद्यार्थीलाई अर्जेन्टिनाका धेरै फुटबल क्लबमा तालिम लिन पठाउने छ। यस वाहेक, ती विद्यार्थीहरुले अर्जेन्टिनाको विभिन्न फुटबल क्लबका किशोरकिशोरी टोलीसँग मैत्रीपूर्ण प्रतियोगिता गर्नसक्ने तथा अर्जेन्टिनाका शक्तिशाली फुटबल क्लबको आधार क्षेत्रको अवलोकन गर्नसक्ने छन्। यसका साथै अर्जेन्टिनाले प्रसिद्ध प्रशिक्षक वा खेलाडीलाई यो प्राथमिक स्कुलको आधार क्षेत्र गई चिनियाँ फुटबल प्रशिक्षक वा खेलाडीसँग आदान-प्रदानका लागि पठाउने छ।   


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान