तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सँस्कृति तथा जीवन > विस्तृत विषय

अटिजम भएका बालबालिकाको सहयोगार्थ सामानको बिक्री कार्यक्रमको आयोजना

2015-01-28 10:30:48 CRI

सामाजिक संगठन मि ला सिङ छ्यौ सन् 2014देखि अटिजमसित सम्बन्धित उत्पादित-वस्तुको डिजाइन र विकासमा लागिरहेको छ। यो संगठनले अटिजमआदि कमजोर समूहको सहयोगार्थ दानमार्फत् परोपकार गर्नका लागि सामानको बिक्रीमार्फत अटिजमको व्यापाक र गहिरो रुपमा प्रचार-प्रसार गरिरहेको छ।

सन् 2014को डिसेम्बर 24 तारिखदेखि सन् 2015को फेब्रुअरी 15 तारिखसम्मको हरेक सप्तहान्तमा मि ला सिङ छ्यौ संगठनले पैचिंगस्थित लान स काङ वान शोपिङ मलको एक फेशनवाल ट्रेड मार्का काउन्टरअगाडि परोपकारका लागि दान भन्दै सामानको बिक्री गरिरहने छ। बिक्री गरिएका सामानमा मोबाइल फोनका खोलहरु, नोटबुक, पात्रो आदि समावेश छन्। ती सामानमा छापिएको चित्र अटिजम भएका बालबालिकाका चित्रकारी वस्तु हुन्। सबै नाफाले चन्दास्वरुप सिङ सिङ युको अटिजम कोषलाई दिने छ। मि ला सिङ छ्यौ संगठनका स्थापक छु थङ फैले भनेका छन्

“मि ला सिङ छ्यौ संगठनले सिङ सिङ यु लगायत अटिजम संगठनहरुलाई मद्दत गरिरहेको छ। गत वर्षदेखि हामीले ती संगठनहरुलाई केही उत्पादित-वस्तुको डिजाइन गरिरहेका छौं। परोपकारी दानका लागि सामानको बिक्री एक राम्रो तरीका हो। यो तरीकाले रकम जुटाउनुका साथै नागरिक समाज समक्ष अटिजमको प्रचार-प्रसार गर्नसक्छ। त्यसैले हामीले लान स काङ वानजस्तै पसल र शोपिङ मल छानेका छौं। हाम्रो सबैभन्दा ठूलो लक्ष्य नागरिकसामु अटिजमको प्रचार-प्रसार गर्नु हो।”

खुशी लाग्दो कुरा के हो भने परोपकारी दानका लागि सामानको बिक्री कार्यक्रम लान स काङ वान शोपिङ मल र धेरै विद्यार्थी स्वयं सेवकसेविकाहरुले सक्दो सहयोग गरिरहेका छन्। यस पटकको कार्यक्रमका लागि स्थल उपलब्ध गराएको यो ट्रेड मार्काले यो कार्यक्रम आयोजना भएको बेलामा बिक्री रकमको 10प्रतिशतलाई सिङ सिङ यु अटिजम कोषलाई चन्दा दिने छ। सो ट्रेड मार्काका जिम्मेवार व्यक्ति कु काङले भनेकी छिन्

“सबैभन्दा पहिला मैले अटिजम बालबालिकाहरुका चित्रकला  देखें। किनभने हामी रङ्गसित सम्बन्धित कारोबार गर्छौं। मैले त्यस बेलामा हामीले डिजाइन गर्ने गलबन्दीमा कारक-तत्वको प्रयोग गर्ने विचार गर्दै गएको छु। ती बालबालिकाका चित्रकला देखेपछि मैले सकारात्मक विचार निकालेको छु।”

पैचिंग शहरको हाई तेन क्षेत्रको ल्याङ च्या तेन प्राथमिक स्कुलका शिक्षिका छाउ लीङ लीङले उनको कक्षाका विद्यार्थीहरुलाई स्वयं सेवकको हैसियतमा यो कार्यक्रममा संलग्न हुन निर्देशन दिएकी छिन्। शिक्षिका छाउले भनेकी छिन्

“हाम्रो स्कुलले विद्यार्थीहरुलाई नागरिकसमक्ष सकारात्मक सूचनाको प्रचार-प्रसार गर्न निर्देशन गरिरहेको छ। हामी मि ला सिङ छ्यौ संगठनसँग यो सामाजिक हितका कार्यक्रममा सहभागी भएकोमा विद्यार्थीहरुको सामाजिक दायित्व वहन गराइएको छ साथै विद्यार्थीहरुको सदिच्छाले पनि अझै मानिसहरुलाई अटिजममाथि ध्यान दिन आकर्षित गरेको छ।”

ल्याङ च्या तेन प्राथमिक स्कुलका तेस्रो तहका विद्यार्थी रन यु सिआन स्वयं सेवकसेविकामध्येको एक हुन्। उनले भनेकी छिन्

 “अटिजम भएका बालबालिका अवस्था निकै दयनीय छन्। उनीहरुले अरुसँग आदान-प्रदान गर्ने आँट गर्न सकेका छैनन्। सबैले अटिजम बालबालिकालाई मद्दत दिने र उनीहरुको संरक्षण गर्ने आशा मैले लिएको छु।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान