नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सँस्कृति तथा जीवन > विस्तृत विषय

“चिनियाँ खाना कार्निवलको पाकिस्तानी यात्रा”अन्तर्गत पाकिस्तानी क्याम्पसको यात्रा

2014-12-17 10:00:20 CRI

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको चीन-पाकिस्तानी मैत्री एफ.एम.98 मेघाहर्ज र चिनियाँ पाकशाला समितिद्वारा आयोजना गरिएको “चिनियाँ खाना कार्निवलको पाकिस्तानी यात्रा” कार्यक्रम पाकिस्तानी इस्लामावादस्थित रुट्स् मिलेनियम स्कुलमा आयोजना भयो। हाल यस प्राथमिक विद्यालयका पाँच हजार जना विद्यार्थीले चिनियाँ भाषा र चिनियाँ सँस्कृति सिकिरहेका छन्। रुट्स् मिलेनियम स्कुलका महाप्रबन्धक फैसल मुश्ताक र दुई सय जना शिक्षक-शिक्षिका र विद्यार्थी यस कार्यक्रममा सहभागी भएका छन्।

“चिनियाँ खाना कार्निवलको पाकिस्तानी यात्रा” कार्यक्रम डिसेम्बर छ तारिख रुट्स् मिलेनियम स्कुलमा आयोजना भयो। चीनका पाँच जना उत्कृष्ट सेफले विविध चिनियाँ प्रसिद्ध खाना पकाएका थिए। यस स्कुलका प्रमुख सबिना जाकिरले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोसँग रेडियो कम्फ्युसियस क्लास स्थापना गरेकोप्रति खुशी प्रकट गर्नुभयो।  

“मेरो विचारमा बालबालिका निकै खुशी छन्। कम्फ्युसियस क्लासको सहयोगात्मक परियोजनाका कारण यस्तो सानो उमेरमा प्रशस्त अनुभव हासिल गर्न सहज भएको छ। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका मित्रहरु निकै मेहनती र मैत्रीपूर्ण छन्। ती मित्रहरुले हामीसँग खुशीयालीपूर्वक सहयोग गरेका छन्। आज आयोजना भएको कार्यक्रमले मायाको संकेत दिएको छ। हाम्रो स्कुलका शिक्षक-शिक्षिका, विद्यार्थी र विद्यार्थीका बुबा-आमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोप्रति आभारी छन्। एक किसिमको भाषा सिक्न प्रयास गरिन्छ तर साँस्कृतिक आदान-प्रदान मायामार्फत प्रचार-प्रसार गर्नसकिन्छ।”

सोही दिनको कार्यक्रममा सहभागी अभिभावकहरुले चिनियाँ सेफसँग चिनियाँ कुकिङ तरीका सिकेका छन्। एक विद्यार्थीका बुबाले पत्रकारसँग कुराकानी गर्दै भविश्यमा दुई मुलुकले खानासम्बन्धी साँस्कृतिक आदान-प्रदान कार्यक्रमको आयोजना गर्नसक्ने, साँस्कृतिक आदान-प्रदान कार्यक्रमले पाकिस्तान र चीन यी दुबै मुलुकका जनताको समझदारीलाई घनिष्ठ पार्नसक्ने र दुई मुलुकको सम्बन्धलाई योगदान दिनसक्ने आशा व्यक्त गरेका छन्।

“आजको कार्यक्रम निकै अर्थपूर्ण छ। बालबालिकाले चिनियाँ खाना पकाउने उपायको प्रदर्शनी र चिनियाँ खानासम्बन्धी ज्ञान हासिल गरेका छन्। यस्तो आदान-प्रदान कार्यक्रम निकै आवश्यक छ। दुई मुलुकका जनताले पारस्परिक भ्रमण गर्ने र सँस्कृतिबारे जानकारी लिने गर्नुपर्छ। मेरो विचारमा अझै बढी चिनियाँहरु पाकिस्तान आउनेछन्। हाल पाकिस्तानको सुरक्षा परिस्थिति केही समस्याग्रस्त छ तर छिटो रुपमा सुधार हुने मेरो आशा छ।”

“चिनियाँ खाना कार्निवलको पाकिस्तानी यात्रा”अन्तर्गत पाकिस्तानी क्याम्पसको यात्रा कार्यक्रममा सहभागी जर्मनीका लागि पाकिस्तानी पूर्व राजदूत शाहिद कमालले पहिले राजदूतको पद सम्हालेको बेलामा अनेकौं साँस्कृतिक आदान-प्रदान कार्यक्रमहरुमा सहभागी भएको, तर खानासम्बन्धी साँस्कृतिक आदान-प्रदान कार्यक्रममा सहभागी हुन नपाएको कुरा सुनाउनुभयो। मिठो खानाको कुटनीतिले भविश्यमा दुई मुलुकको सम्बन्धलाई घनिष्ठ पार्ने महत्वपूर्ण माध्यम बन्ने कुरा उहाँले व्यक्त गर्नुभयो।

“हामीले मिठो खानाको कुटनीतिलाई कसरी अगाडि बढाउने भन्ने देखेका छौं। मिठो खाना आवश्यक छ। त्यसैले मिठो खानाले मित्रतालाई कुटनीतिमा बदल्न सक्नेछ। आजको कार्यक्रम एक राम्रो उदाहरण हो। चीन र पाकिस्तानले मिठो खानाबाट पुर्‍याइएको मित्रताको उपभोग गरेका छन्। आज यस कार्यक्रममा सहभागी हुन पाएकोमा मलाई खुशी लाग्यो। मैले समस्त चिनियाँ मित्रहरुलाई आजको कार्यक्रमलाई समर्थन गर्नुभएकोमा आभार पनि प्रकट गर्दछु।”



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान