तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सँस्कृति तथा जीवन > विस्तृत विषय

मकाउ विशेष प्रशासनिक क्षेत्र स्थापना भएको पन्ध्रौं वार्षिकोत्सव प्रदर्शनी पैचिंगमा

2014-12-17 10:47:39 CRI

मकाउ विशेष प्रशासनिक क्षेत्र सरकारद्वारा आयोजना गरिएको मकाउ विशेष प्रशासनिक क्षेत्र स्थापना भएको पन्ध्रौं वार्षिकोत्सव सम्बन्धी प्रदर्शनी डिसेम्बर आठ तारिख पैचिंग प्रदर्शनी हलमा सुरु भएको छ। यस पटकको प्रदर्शनीमा जम्मा दुई सय असी वटा फोटोहरु राखिएको छ। सो प्रदर्शनीले मकाउ मातृभूमिमा समाहित भएको पन्ध्र वर्षयता अर्थतन्त्र, सर्वसाधरणको जीवनआदि विभिन्न क्षेत्रमा हासिल गरेको उपलब्धीलाई चित्रण गरेको छ। ती फोटोहरुबाट चिनियाँ केन्द्रीय सरकारले मकाउ विशेष प्रशासनिक सरकारलाई दिएको समर्थन, मकाउका समस्त नागरिकले मातृभूमि र मकाउप्रतिको मायालु भावना प्रतिविम्वित गरिएको छ।

डिसेम्बर बीस तारिखका दिन मकाउ विशेष प्रशासनिक क्षेत्र मातृभूमिमा समाहित भएको पन्ध्रौं वार्षिकोत्सवको दिन हो। मकाउ विशेष प्रशासनिक क्षेत्र स्थापना भएको पन्ध्रौं वार्षिकोत्सव सम्बन्धी प्रदर्शनीको उद्घाटन समारोहमा चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका अध्यक्ष चाङ द च्याङ, चीनका उप राष्ट्राध्यक्ष ली युआन छाउ, चीनको राज्य परिषदका सदस्य याङ चे छ, चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष ह हौ व्हा, मकाउ विशेष प्रशासनिक क्षेत्रका प्रमुख प्रशासक छ्वै श आनलगायत तीन सय नेता तथा विभिन्न क्षेत्रका प्रतिनिधि सो उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो। प्रमुख प्रशासक छ्वै श आनले सम्बोधन गर्दै मकाउ विशेष प्रशासनिक क्षेत्र स्थापना भएको पन्ध्रौं वर्षमा मकाउको प्रगति र स्थिरता मातृभूमिको विकास र केन्द्रीय सरकारको समर्थनबाट लाभान्वित भएको कुरा बताउनुभयो। उहाँले विगत पन्ध्र वर्षमा मकाउ विशेष प्रशासनिक क्षेत्रको महत्वपूर्ण नीतिहरु र ठूला कामहरुबारे जानकारी दिनुभयो।

“मुख्यभूमिका नागरिकले हंगकंग र मकाउमा आत्म-सेवा यात्रा नीति खुलापन भएपछि मुख्यभूमि र मकाउले अझै घनिष्ठ आर्थिक तथा व्यापारिक सम्बन्ध स्थापना गरेका छन्। मकाउको ऐतिहासिक क्षेत्रले विश्व साँस्कृतिक सम्पदाको सफलताका साथ अनुसरण गरिरहेको छ। चिनियाँ केन्द्रीय सरकारको “बाह्रौं पञ्च वर्षीय योजना”ले मकाउलाई “एक केन्द्र, एक चौतारो” विकास लक्ष्यका रुपमा प्रस्तुत गरेको छ। केन्द्रीय सरकारले पनि एपेकका पर्यटन मन्त्रीहरुको आठौं सम्मेलन चालू वर्ष सेप्टेम्बर महिना मकाउमा आयोजनाका लागि अनुमोदन गरेको छ।” 

चीनको राज्य परिषदका सदस्य याङ चे छले यस पटकको प्रदर्शनीले विविध तरीका, फराकिलो क्षेत्र र बहु दृष्टिकोणमार्फत् विगत पन्ध्र वर्षमा मकाउ विशेष प्रशासनिक क्षेत्रमा असामान्य प्रक्रियालाई उजागर गरेको कुरा बताउनुभयो। वास्तविकताबाट “एक देश दुई व्यवस्था” मकाउको इतिहासमा बाँकी रहेको समस्या समाधानको उत्तम उपाय हुनुका साथै मकाउ मातृभूमिमा समाहित भएपछि दीर्घकालीन समृद्धि र स्थिरतालाई कायम राख्ने उत्तम प्रत्याभूति भएको पुष्टी गरिएको छ। याङकाअनुसार, एक देश दुई व्यवस्थालाई निरन्तर रुपमा बढाउनु मकाउ र चीनको मूलभूत हितसित अनुकूल हुनुका साथै मकाउका बन्धुलगायत चिनियाँ विभिन्न जातिका जनताको साझा इच्छा हो।

“हाल मकाउ र चीनको विकास नयाँ ऐतिहासिक आराम्भ बिन्दुमा रहँदैआएको छ। मकाउमा एक देश दुई व्यवस्था कार्यनीतिले नयाँ भर्‍याङ्ग चढ्नका लागि मकाउका विभिन्न क्षेत्र र मातृभूमिका जनताको साझा प्रयास आवश्यक पर्दछ। केन्द्रीय सरकारले मकाउका जनताद्वारा मकाउ शासित हुने र उच्च स्वशासन कार्यनीतिलाई दृढताका साथ व्यवहारमा उतार्ने, संविधान र आधारभूत ऐनबमोजिम काम गर्ने, मकाउको विशेष प्रशासनिक क्षेत्रका प्रमुख प्रशासक र विशेष प्रशासनिक क्षेत्र सरकारलाई कानूनबमोजिम प्रशासनका लागि समर्थन दिने छ।”

यस पटकको प्रदर्शनीका तीन वटा मुख्य विषयवस्तु छन्। उक्त प्रदर्शनीले मकाउले पर्यटन व्यवसाय र नवोदित व्यवसायलाई बढाउनका लागि गरेको प्रयास, दक्ष व्यक्ति, शिक्षा, चिकित्सा, सामाजिक सुनिश्चितता र आबास गरी पाँच वटा प्रणालीमा मकाउका जनताको सुखमय जीवन, केन्द्रीय सरकारले मकाउलाई दिएको समर्थन तथा मातृभूमिप्रति मकाउका वासिन्दाको भावनाबारे जानकारी दिएको छ। धेरै नागरिकहरुले उक्त प्रदर्शनीको अवलोकन गरेपछि मकाउबारे गहिरो रुपमा जानकारी लिएका छन्।

“मैले मकाउका सर्वसाधारणको जीवनबारेको गहनरुपमा जानकारी लिंदाको अनुभव बटुलेको छ। शिक्षा, आबास र चिकित्सा सुनिश्चितताप्रति मेरो चासो रहेको छु।”

“यस प्रदर्शनीबारेको जानकारी निकै व्यापक छ। अवलोकन गरेपछि मलाई खुशी लाग्यो। किनभने मैले पहिले मकाउमा काम गरेको थिएँ। मातृभूमिमा समाहित भएपछि मकाउमा भएको ठूलो परिवर्तन मैले देखें। ”

थाहा भएअनुसार, यस पटकको प्रदर्शनी यसै डिसेम्बर 28 तारिखसम्म चल्ने छ। दुई सय असी वटा फोटाले दर्शकलाई एक विशेष मकाउबारे देखाउने छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान