नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सँस्कृति तथा जीवन > विस्तृत विषय

अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनियाँ पर्यटकको संख्या बढ्दै

2014-12-04 14:55:18

    यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। श्रोता, म सञ्चालिका सरलाको नमस्कार। विदेशी मुलुकको पर्यटन गर्न जानु धेरैजसो चिनियाँहरुका लागि त्यति ठूलो तथा नौलो कुरा भएन, अब। धेरै भन्दा धेरै मानिसहरु हाल छुट्‌टी मनाउन आफ्नो परिवारसँगै विदेशको पर्यटन गर्न जाने गरेका छन्। विश्व पर्यटन संगठनको तथ्यांक अनुसार चालु वर्षको अघिल्ला 8 महिनामा विश्वव्यापी अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनियाँ पर्यटकहरुको संख्या सबैभन्दा ठूलो छ। ठोससम्बन्धमा बेलायतस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका स्थानीय पत्रकारको एक रिपोर्ट सुन्नुहोस्।

    विश्व पर्यटन संगठनका सचिव तलिब रिफाइले यस महिनाको 3 तारिखका दिन लण्डनमा आयोजित पत्रकार सम्मेलनमा चालु बर्षको अघिल्ला 8 महिनामा विश्वव्यापी अन्तर्राष्ट्रिय पर्यटनको स्थितिबारे जानकारी दिनुभएको छ। उहाँको भनाइ अनुसार चालु बर्षको अघिल्ला 8 महिनामा अन्तर्राष्ट्रिय पर्यटक 5 प्रतिशतले बृद्धि भएको छ र विश्वव्यापी अन्तर्राष्ट्रिय पर्यटकको संख्या 78 करोड 10 लाख पुगेको छ जुन गत वर्षको सोहि अवधिको तुलनामा 3 करोड 60 लाखले बृद्धि भएको छ, यसमध्ये अमेरिकाको अन्तर्राष्ट्रिय पर्यटन बजारको बृद्धि दर सारा विश्वमा अग्रणी रहेको छ।

    “यस वर्षको परिवर्तनबारे चर्चा गर्दा अमेरिकाको बजार तिब्र गतिले विकास हुँदै आएको छ र 8 प्रतिशतको बृद्धि दरले गर्दा सारा विश्वमा अगाडि भएको छ। बितेका केहि वर्षमा एशिया-प्रशान्त क्षेत्रको बृद्धि गति पनि राम्रो छ र चालु वर्षको बृद्धि दर 5 प्रतिशतमा पुगेको छ। युरोप पनि राम्रो देखिन्छ, गत वर्षको बृद्धि दर 5 प्रतिशत थियो भने चालु वर्षको अघिल्ला 8 महिनामा 4 प्रतिशत देखिएको छ।”

    श्री तलिब रिफाइले सन् 2013 मा जर्मन पर्यटकको संख्या धेरै भएकोमा अहिले चिनियाँ पर्यटकले उछिनेको बताउनुभयो। यो सँगै विश्वव्यापी अन्तर्राष्ट्रिय पर्यटन बजारमा विदेशी मुलुकको पर्यटन गर्न जानेमा चिनियाँ पर्यटकको संख्या सबैभन्दा धेरै भएको छ।

    “सन् 2013मा अन्तर्राष्ट्रिय पर्यटन बजार ‌‌ओगटेका पर्यटकहरु र हालको पर्यटकमा ठुलो परिवर्तन आएको छ। विदेशी मुलुकको पर्यटन जाने पर्यटकको संख्यामा सबैभन्दा ठूलो मुलुक चीन बनेको छ। चीनबाट आएका अन्तर्राष्ट्रिय पर्यटकहरुको संख्या करिब 9 करोड 80 लाख पुगेको छ साथै अन्तर्राष्ट्रिय पर्यटनका लागि गरिने खर्च 1 सय 28 अर्ब अमेरिकी डलर पुगेको छ। सन् 2012 अघि सबैभन्दा ठूलो तथा धेरै पर्यटकको संख्या भएको मुलुक सधैं जर्मनी रहँदैआएको थियो भने अहिले चीन बनेको छ। चालु बर्षको अघिल्लो महिनामा चीन 16 प्रतिशतको बृद्धि दरले अन्तर्राष्ट्रिय पर्यटकको सबैभन्दा ठूलो संख्यामा अझै पहिलो स्थानमा रहेको छ।

    विदेशी मुलुकमा पर्यटन गर्न जाने चिनियाँ पर्यटकहरुको संख्याको बृद्धि दर तिब्र गतिले बढ्नुको कारणबारे चर्चा गर्दै श्री रिफाइले चिनियाँहरुको उपभोग्य क्षमता निरन्तर रुपमा उकास्दै आएको, विशाल जनसंख्या र चीन सरकारको सक्रिय योजना रहेको बताउनुभयो।

    “बितेका 10-15 बर्षमा चीनको मध्यमस्तरका मानिसहरुको उपभोग्य क्षमता निरन्तर रुपमा बृद्धि भएको छ र विदेशको पर्यटन गर्ने क्षमता उनीहरुसँग पनि रहेको छ। अर्को कारण, चिनियाँ मानिसहरुको विचार र दृष्टि अझै खुला र स्पष्ट हुँदै आएको छ, त्यसैले उनीहरुलाई पर्यटन गर्न झनै मनपर्न थालेको छ। तेस्रो कारण, मेरो विचारमा यस विषयमा चीन सरकारको अडान एकदमै राम्रो छ, चीन सरकारले पर्यटन गर्नु चीनका लागि हितकर भएको विचार लिएको छ।”

    यसका साथै श्री रिफाइले भन्नुभयो।

    “चीनले निरन्तर रुपमा अन्तर्राष्ट्रिय पर्यटन बजारमा पहिलो तथा ठूलो स्थान कायम राख्दै आएको छ।”

    साथै सोहि दिन आयोजित पत्रकार सम्मेलनमा श्री तलिब रिफाइले इबोलाबाट अन्तर्राष्ट्रिय पर्यटन बजारमा परेको असरबारे पनि जानकारी दिनुभएको थियो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान