तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सँस्कृति तथा जीवन > विस्तृत विषय

नवौं पेरिसको चिनियाँ चलचित्र महोत्सवको पुरस्कार वितरण समारोह पेरिसमा

2014-12-03 15:12:24

    आदर्णीय श्रोता यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रत्येक शुक्रबार प्रसारण हुने नियमित कार्यक्रम आँखीझ्यालमा म संचालिका सरलाको नमस्कार। आजको कार्यक्रममा म फ्रान्सको पेरिसमा आयोजित चिनियाँ चलचित्र महोत्सवका बारेमा केही सामग्री प्रस्तुत गर्दैछु। 

    नवौं पेरिसको चिनियाँ चलचित्र महोत्सवको पुरस्कार वितरण समारोह पेरिसको शहरी सिटी हलमा भव्य रुपमा आयोजित भएको छ। युरोपको सबैभन्दा ठूलो मात्राको चलचित्र महोत्सवको हैसियतले यस पटक चिनियाँ चलचित्र महोत्सवमा सरकारका धेरै प्रतिनिधि, चीन र फ्रान्सका चलचित्र निर्माता आदि धेरै अतिथिहरुले यस महोत्सवमा सहभागिता रहेको थियो। समारोहमा उत्कृष्ट चलचित्र निर्मातालाई दशौं पुरस्कार वितरण गरिएको छ। त्यसपछि उत्कृष्ट अभिनय पनि प्रस्तुत गरिएको छ। अब फ्रान्सस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका स्थानीय पत्रकारले तयार पारेको एक रिपोर्ट सुन्नुहोस्।

    आदरणीय श्रोता, नोभेम्बार 5 तारिख दिउँसो पेरिस शहरी सिटी हलमा मा चिनियाँ चलचित्र महोत्सवका लागि भव्य रुपमा पुरस्कार वितरण समारोहको आयोजना गरिएको थियो। पेरिसको चलचित्र व्यूरोका मुख्य पदाधिकारी क मेज, फ्रान्सका लागि चिनियाँ राजदूतावासका साँस्कृतिक विभागका परामर्शदाता ली शाउ फिङ,चिनियाँ चिलचित्र निर्माता सँघका सचिव वाङ फङ लिन,चिनियाँ चलचित्र महत्वसबका अध्यक्ष चाउ चे र चिनियाँ सिने स्टार लिउ ल्याङ वी, थाउ हौङ,सुन स्याङ,चाङ स्याउ रौङ र फ्रान्सका अभिनेत्री मिटोनिक फ्रान्क तथा चीन र फ्रान्सको साँस्कृतिक र कला क्षेत्रका सयौं व्यक्तिहरुले यस पुरस्कार वितरण कार्यक्रममा भाग लिनुभएको थियो। पेरिस सरकारअन्तर्गत चलचित्र सम्बन्धित मामिला हेर्नुहुने मिशर कामेज जीले पहिलोपटक चलचित्र महत्सवको उद्‌घाटन समारोहलाई सम्बोधन गर्नुभयो।

    “पेरिसका विभिन्न किसिमका सिनेमाद्वारा संसारका विभिन्न क्षेत्रका उच्चस्तरीय चलचित्रलाई स्वागत गरिनेछ। शक्तिदायक पेरिसको चिनियाँ चलचित्र महोत्सवले हामीलाई धेरै किसिमको चिनियाँ चलचित्र देखाउने छ, त्यसैले मैले पेरिस सरकारको प्रतिनिधित्व गरी पेरिसको चिनियाँ चलचित्र महोत्सवको उद्‌घाटन गर्दै सबैलाई स्वागत गरेको छु।”

    अहिले तपाइँ चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा सुनिरहनुभएको छ। प्रत्येक शुक्रबार प्रसारण हुने नियमित कार्यक्रम आँखीझ्यालमा आज हामी पेरिसमा आयोजित चिनियाँ चलचित्र महोत्सवका बारेमा सामग्री प्रस्तुत गरिरहेका छौं। 

    सोही दिन नवौं पेरिस चिनियाँ चलचित्र महोत्सवमा जम्मा लाइफटाइम एचिभमेन्ट पुरस्कार, संयोजन समिति पुरस्कार, सर्वोत्कृष्ट अभिनेत्री पुरस्कार, सर्वोत्कृष्ट नवोदित निर्देशक पुरस्कार, सर्वोत्कृष्ट कार्टुन चित्र पुरस्कार र सर्वोत्कृष्ट बृत्तचित्र पुरस्कार आदि दशौं पुरस्कार वितरण गरिएको छ।

    चिनियाँ चलचित्र निर्माता सँघ,चिनियाँ चलचित्र अखबार कार्यालय र पैचिङ युन चि को नामक संचार मिडिया कम्पनीले पहिलोपटक सँगसँगै यस महोत्सवको आयोजना गरेका हुन्। नवौं पेरिस चिनियाँ चलचित्र महोत्सव चीन र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको 50 औं वार्षिकोत्सबको उपलक्ष्यमा आयोजित भएको एउटा महत्वपूर्ण कार्यक्रम पनि हो। यो नोभेम्बर 4 देखि 18तारिखका दिनसम्म फ्रान्सको पेरिस शहरमा आयोजना गरिएको छ। यस पटकको चलचित्र महत्सवलाई जम्मा पछिल्लो चलचित्र, बृत्तचित्र, कार्टुन चलचित्र,सानो चित्र,चिनियाँ अघिल्लो तथा पुराना सिनेकर्मी रेन लिन यु तथा जिन यानले अभिनय गरेका चलचित्र र चलचित्रको कन्सर्ट यी सात मुख्य विषय विभाजित गरिएको छ।

    यस पेरिस चिनियाँ चलचित्र महोत्सवका अध्यक्ष एबम युन चि को नामक संचार मिडिया कम्पनीका बोर्ड अध्यक्ष चाउ जेले जनाएअनुसार चिनियाँ चलचित्र तथा चिनियाँ साँस्कृतिक र संसारको आदान-प्रदानलाई अघि बढाउने, चिनियाँ चलचित्रसम्बन्धी कलाकार तथा उहाँहरुको निर्माणलाई संसारसँग सम्पर्क स्थापित गर्ने,र पेरिस चिनियाँ चलचित्र महोत्वसब यस व्यावसायिक तथा अन्तर्राष्ट्रिय चौतारोमार्फत चीन र फ्रान्स यी दुई मुलुकको चालचित्र कला तथा चलचित्र व्यवसायबीचको समृद्धि तथा सहयोगलाई अघि बढाउने पेरिस चिनियाँ चलचित्र महत्वसको मुख्य उद्देश्य हो।

    यस चलचित्र महोत्सवको सद-भावना दूत ,चिनियाँ सिने स्टार थाउ हौङ पेरिस चलचित्र महोत्सवका पुराना साथी हुनुहुन्छ,दश वर्षअघि उहाँले आफ्ना चलचित्र “जीवन प्रदर्शनी”लिएर पहिलो पेरिस चिनियाँ चलचित्र महोत्सवमा भाग लिनुभएको थियो।

    “दश वर्षमा पेरिस चिनियाँ चलचित्र महत्वसव हुर्कंदै आएको छ र दश वर्षमा एक जना चलचित्र निर्माता पनि हुर्कंदै आएका छन्।पेरिस विश्व चलचित्रको गन्तव्य हो, चीन र फ्रान्सको दौत्य सम्बन्ध स्थापनाको 50‌औं वार्षिकोत्सबको उपलक्ष्यमा यस चलचित्र महत्सवको सद्भावना दूतको ambassadorको हैसियातले मलाई एकद‌मै खुसी लागेको छ। र बढी चिनियाँ राम्रा चलचित्रलाई फ्रान्सबाट अझ पनि संसारलाई सन्देश दिनसक्ने मेरो आशा पनि हो।”

    चिनियाँ चलचित्र निर्माता सँघका सचिव वाङ फङ लिनले जानकारी दिएअनुसार नौ वर्षदेखि यता चिनियाँ चलचित्रको उत्पादन मात्रा र टिकटसमेत विभिन्न आयआर्जन हरेक वर्ष 30 प्रतिशतले बृद्धि भएको छ,हालसम्म चीन संसारको चलचित्रको दोस्रो बजार र तेस्रो निर्माणकर्ता मुलुक बनेको छ। सन् 2004देखि चीन र फ्रान्स यी दुई मुलुकले चलचित्र क्षेत्रतर्फको आदान-प्रदान र सहयोग आदान प्रदान गर्न थालेका हुन्। चालु वर्ष चीन र फ्रान्सले सँयुक्त रुपमा दौत्य सम्बन्ध स्थापनाको 50औं वार्षिकोत्सबको उपलक्ष्यमा पेरिस चिनियाँ चलचित्र महत्सवले यी दुई मुलुकको चलचित्र निर्माता र चलचित्र प्रेमीहरुबीचको अन्तरलाई घटाउनुपर्दछ।

    हवस्त श्रोता यसका साथै आजको लागि यो प्रस्तुती यही सकिन्छ। अर्को साता हामी यसै कार्यक्रममार्फत् फेरि भेटौंला। सिआरआई नेपाली सेवाका अन्य कार्यक्रम पनि सुन्दै गर्नुहोला। म सरलालाई भने विदा दिनुहोस् नमस्ते ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान