तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सँस्कृति तथा जीवन > विस्तृत विषय

45औं भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चीनका चलचित्रहरुको प्रशंसा

2014-12-02 14:28:15 CRI

       स्थानीय समय अनुसार नोभेम्बर 21 तारिख 45औं भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत “चीनतर्फ ध्यानाकर्षण खण्ड” आयोजना भयो। चिनियाँ चलचित्र निर्देशक स्ये स्याउ लुद्वारा निर्देशन गरिएको “फाइन्डिङ मिस्टर राइट”नामक चलचित्र “चीनतर्फ ध्यानाकर्षण खण्ड”को उद्घाटन समारोहमा प्रदर्शन गरिएको छ। भारतीय दर्शकहरुले यस चलचित्रलाई निकै मन पराएका छन्।

       यो भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रदर्शन हल हो। दर्जनौं भारतीय दर्शकले चीनको रोमान्टिक प्रेम कथानक चलचित्र “फाइन्डिङ् मिष्टर राइट” हेर्दैआएका छन्। भारतीय दर्शकहरु चिनियाँ भाषा बुझ्दैनन् तर उनीहरुले चलचित्रको कथा र अभिनय चरित्र बमोजिम यस चलचित्रबारे जानकारी लिएका छन्।

      “फाइन्डिङ् मिष्टर राइट”नामक चलचित्र चीनका महिला निर्देशक स्ये स्याउ लुको प्रतिनिधि चलचित्र हो। यस चलचित्रले खुशी र न्यानोपन समेटिएको प्रेम कथाबारे जानकारी दिएको छ। चीनमा यस चलचित्रको आम्दानी रकम 52 करोड चिनियाँ युआन पुगिसकेको छ। शांगहाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन समारोहमा यो चलचित्र पनि प्रदर्शन गरिएको थियो। आफ्नो चलचित्र भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको “चीनतर्फ ध्यानाकर्षण खण्ड”को उद्घाटन समारोहमा प्रदर्शन गरिएको कुराबारे चर्चा गर्दै निर्देशक स्ये स्याउ लुले भनिन्

      “मलाई निकै गौरब लाग्यो। यो चलचित्र चीनको वर्तमान कालको एक प्रेम कथासित सम्बन्धित छ। यस चलचित्रमार्फत् भारतीय दर्शकहरुले हाल केही युवायुवतीको जीवन र उनीहरुको अनुभवबारे जानकारी लिनसक्ने छन्।”

       धेरै भारतीय दर्शकहरुले ठूलो पर्दा अगाडि चिनियाँ चलचित्र हेरेको यो पहिलो पटक हो। यो चलचित्र हेरेपछि आफ्नो अनुभवबारे चर्चा गर्दा भारतीय दर्शकले भनिन्

      “म यो चलचित्र मन पराउँछु। यो चलचित्र निकै रोचक छ। पहिले मैले कुनै पनि चिनियाँ चलचित्र हेरेको थिइन। साँस्कृतिक भिन्नताका कारण केही मुस्कान बिन्दु भारतका चलचित्रको मुस्कान बिन्दुको तुलनामा फरक हुनसक्छ। तर पनि मलाई यस चलचित्रबाट त्यस्तो कुनै फरक लागेको छैन।”

       यस चलचित्रमा भारतीय बलिउडका चलचित्रहरुजस्तै नाचगान देखाइएको छैन तर यस चलचित्रको कथाले दर्शकहरुलाई आकर्षित गरेको छ। भारतको गोआका एकजना महिला दर्शकले पनि यस चलचित्रलाई निकै  पराएकी छिन्। उनको विचारमा यस चलचित्रले वर्तमान कालका मानिसको वास्तविक जीवन देखाएको छ। अझै धेरै चिनियाँ चलचित्रहरुप्रति उनी आशावादी छिन्।

      “यस चलचित्रका अभिनेता-अभिनेत्रीको संख्या धेरै होइन तर राम्रा निर्देशक र राम्रा कथाले दर्शकलाई आकर्षित गरेको छ। यस चलचित्रको कथा हाम्रो सामान्य जीवन जस्तै छ। यो चलचित्र हेरेपछि मैले धेरै चिनियाँ चलचित्रहरु हेर्ने आशा लिएको छु।”

       थाहा भएअनुसार, “फाइन्डिङ् मिष्टर राइट”नामक चलचित्र बाहेक, चिनियाँ चलचित्र प्रतिनिधि मण्डलले “चीनतर्फ ध्यानाकर्षण खण्ड”मा अरु चिनियाँ चलचित्र पनि प्रदर्शन गरेको थियो। चीनको हंगकंगका निर्देशक वाङ्ग च्या वैद्वारा निर्देशन गरिएको “द ग्रान्डमास्टर”नामक चलचित्र  पनि सो खण्डको समापन समारोहमा प्रदर्शन गरिएको थियो। चिनियाँ चलचित्र प्रतिनिधि मण्डलका प्रमुख थुङ्ग काङ्गले भन्नुभयो

      “ती चलचित्रहरु हालै सुटिङ्ग गरिएका चलचित्र हुन्। ती चलचित्रहरुले चीनको वर्तमान कलास्तरको प्रतिनिधित्व गरेका छन्। ती चलचित्रहरुमार्फत् दर्शकहरुले चीनको इतिहास र वास्तविकताबारे जानकारी लिनसक्ने, चिनियाँहरुको जीवनको अनुभव गर्सक्ने र चीनको प्राकृतिक दृश्यबारे जानकारी लिनसक्ने छन्।”

       थुङ्ग काले भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सदुपयोग गरी धेरै भारतीय दर्शकहरुलाई चिनियाँ चलचित्रबारे जानकारी गराउने, चलचित्र क्षेत्रमा दुई मुलुकको आदान-प्रदान र सहयोगलाई बढाउने आशा व्यक्त गर्नुभयो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान