नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सँस्कृति तथा जीवन > विस्तृत विषय

चीनको एस.ओ.एस.बालग्राममा तीस वर्षयता दुई हजार जना बालबालिकाको संरक्षण

2014-11-24 16:47:21 CRI

     चीनको नागरिक मामिला मन्त्रालयले हाल जनाएअनुसार, चीनका दश वटा एस.ओ.एस.बालग्राममा विगत तीस वर्षयता दुई हजार चार सय जना टुहुरा र संकटमा परेका बालबालिकाको उद्धार गरिएको छ। तीमध्ये एक हजार दुई सय जना बालबालिका हुर्किसकेका छन्। केही काम गर्न सक्षम नागरिक बनेका छन् भने केही सम्बन्धित क्षेत्रका दक्ष व्यक्ति बनेका छन्।

     एस.ओ.एस.बालग्राम एक अन्तर्राष्ट्रिय गैर-सरकारी परोपकारी संगठन हो। उसको उदगम दोस्रो विश्व युद्ध ताका अस्ट्रियामा भएको थियो। एस.ओ.एस.बालग्राम परिवारको ढाँचामार्फत् बाबुआमा विहीन अर्थात् टुहुरालाई ग्रहण गरी पाल्ने र आमाको माया र परिवारको न्यानोपन दिने निकाय हो। यसका साथै बालग्राम विश्वमा परिचित एस.ओ.एसले सहयोग संचार गरी सारा समाजसँग दुर्घटनामा जीवित बालबालिकामाथि ध्यान दिन र मद्दत गर्न आव्हान पनि गर्ने गर्दछ।

     हाल विश्वका एक सय तीस मुलुक तथा क्षेत्रमा करीब पाँच सय एस.ओ.एस.बालग्राम स्थापना गरिएको छ। चीनको एस.ओ.एस.बालग्राम सन् 1984मा स्थापना भएको हो। अन्तर्राष्ट्रिय एस.ओ.एस.बालग्राम संगठनका अध्यक्ष सिद्धार्थ काउलले चीनको एस.ओ.एस.बालग्रामका बालबालिकालाई हुर्काउने मात्रै नभई बालबालिकालाई दक्ष व्यक्ति बनाउने गरेको बताउनुभयो।

    “मैले विश्वका अरु मुलुकहरुबाट थाहा पाएअनुसार, ती मुलुकहरुको एस.ओ.एस.बालग्राममा हुर्काइएका बालबालिकाहरुले भविश्यप्रति चिन्ता लिएका छन्। चीनको एस.ओ.एस.बालग्रामका बालबालिकाहरु कर्मचारीको मुद्दतमा आफ्नो भविश्यप्रति आशावादी छन्। बालबालिकाहरुले आफ्नो प्रयासमा भरपर्दो जीवन बिताउनसक्ने विश्वास लिएका छन्। उनीहरुको आत्मविश्वास अरु मुलुकहरुमा थोरै देखिएको छ।”

     एस.ओ.एस.बालग्राम परिवार तरीकामार्फत बालबालिकालाई हुर्काउने गर्दछ। हरेक एस.ओ.एस.बालग्रामका बाह्र देखि अठारसम्मको परिवार छन्। हरेक परिवार गम्भीर पूर्वाधारअनुसार भर्ना गरिएका आमा र सातदेखि आठसम्म जना बालबालिकाद्वारा गठन गरिएको हो। बालग्राममा बसोबास गरिरहेका बालबालिकाहरु सामान्य परिवारका बालबालिकाजस्तै चिकित्सा, अनिवार्य शिक्षा, व्यवसायिक तालिम, रोजगारआदि विभिन्न अधिकारको उपभोग गर्नसक्छन्। ल्हासा एस.ओ.एस.बालग्रामका बालबालिकामध्ये यी सी च्या छोले बालग्रामको परिवार मन पराएका छन्। त्यहाँ जीवन बिताउन उनलाई निकै सुखद लागेको छ।

   “आमा र धेरै काका काकीको हेरचारका कारण मैले पहिले हराएको माया पुनःपाएको छु। यस्तो जीवनका कारण हाम्रा मनमा एक्लोपनाको कुनै भाव रहेको छैन। हामी तिब्बतको विभिन्न क्षेत्रबाट आएका छौं। हामीबीचमा कुनै नाता त छैन तर पनि हामी सबैभन्दा सुखद परिवार बनेका छौं। मैले यस परिवारलाई निकै मन पराउँछु।”

    हाल एस.ओ.एस.बालग्राम विश्वका विभिन्न मुलुकद्वारा टुहुरा समस्याको समाधान गर्ने सफल र उदाहरणीय मानिएको छ। चीनका नागरिक मामिला मन्त्री ली ली कोले जानकारी दिनुभएअनुसार, विगत तीस वर्षयता चीनको एस.ओ.एस.बालग्राम विश्वसँग जोडिएको र चीनको वास्तविकतासित अनुकूल हुँदै सेवा तथा व्यवस्थापन ढाँचामा स्थापित हुनुका साथै बालबालिकाहरुको शिक्षाको प्रत्याभूति पनि उपलब्ध गराएको छ। चीनले अन्तर्राष्ट्रिय  एस.ओ.एस.बालग्रामसँग सहयोगलाई सबल पार्ने र उत्कृष्ट बालबालिकाको परोपकार संस्थाको निर्माण गर्ने आशा लिएको छ।

   “अन्तर्राष्ट्रिय एस.ओ.एस.बालग्राम चीनको एस.ओ.एस.बालग्रामको भावना अनुरुप परोपकारी कार्यलाई निरन्तर समर्थन दिने, सेवा व्यवस्था, दक्ष व्यक्तिको तालिम, अनुभवको आदान-प्रदान क्षेत्रमा चीनलाई अझ बढी मद्दत दिने, चीनको बालबालिकाको परोपकार कार्यको विकासका लागि अझै बढी अनुभव उपलब्ध गराउने आशा चीनले लिएको छ।”

    यस वाहेक, ली ली कोले बताउनुभएअनुसार, सम्बन्धित क्षेत्रीय सरकारले एस.ओ.एस.बालग्रामको निर्माणलाई बालबालिकाको परोपकार कार्यको विकास योजनामा थप्नुका साथै नीति र कदमको तर्जुमाका लागि  थप रकम लगानी गरेको छ। धेरै सामाजिक संस्थाहरु र सामाजिक स्वयं सेवक-सेविका, मायालु व्यक्ति पनि यस परोपकार कार्यमा सक्रियताका साथ संलग्न भएका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान