नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सँस्कृति तथा जीवन > विस्तृत विषय

चकलेट सैलून बीसौं वार्षिकोत्सव

2014-11-24 16:17:41 CRI

स्थानीय समय अक्टोबर 29 तारिख नयाँ चरणको चकलेट सैलून फ्रान्सको पेरिसस्थित वेर्साइलिस  एक्सपोमा खुलेको छ। विश्वको सबैभन्दा ठूलो सो चकलेट भव्य समारोहले बीसौं वार्षिकोत्सव मनाएको छ।  


चकलेट सैलून चकलेट मन पराउने एक जोडी फ्रान्सेली श्रीमान-श्रीमतीद्वारा स्थापना गरिएको थियो। विगत बीस वर्षयता चकलेट सैलून विश्वका चार महादेशका 29 वटा शहरमा 159 पटक आयोजना गरिसकिएको छ। चीनको पैचिंग र शांगहाईमा पनि सो चकलेट सैलून आयोजना गरिएको थियो। पहिलो पटक देखि हालसम्म गरी चकलेट सैलूनले मानिसको हिसाबबाट हेर्दा 64 लाखलाई आकर्षित गरेको छ। पेरिस वाहेक, चालू वर्ष चकलेट सैलून फ्रान्सको लियोन, लेबनानको बेरुत र जर्मनीको कोलोनमा आयोजना गरिने छ। पेरिसमा आयोजित चकलेट सैलूनले करिब दुई सय बीस वटा संस्थालाई सहभागिताका लागि आकर्षित गरेको छ। प्रदर्शनीको कुल क्षेत्रफल लगभग बीस हजार वर्गमिटर पुगेको छ। सन् 1994 मा पेरिसमा आयोजित पहिलो चकलेट सैलूनको तुलनामा यस पटकको प्रदर्शनीको परिमाणमा दश गुणाले विस्तार भएको छ।


चकलेट सैलूनको तत्स्थलमा दर्शकहरुले विश्वको विभिन्न मुलुक र विविध किसिमको चकलेट र चकलेटद्वारा उत्पादित मिठो खाना चाख्न सक्दछन्। ती मिठाइमध्ये चकलेट हस्तीहरुद्वारा उत्पादन गरिएको चकलेट पनि छन्। यसका साथै चकलेटद्वारा उत्पादित सौन्दर्य प्रसाधन पनि प्रदर्शनमा समावेश गरिएको छ। यस वाहेक, यस पटकको चकलेट सैलूनले मिठाइ शौ, खुला कक्षा, चकलेट गोष्ठी, बालकको हात कार्यशालाआदि गतिविधिहरुको आयोजना गरेको छ।  


चकलेट सैलून सन् 1994 स्थापना भएको हो।  चालू वर्ष चकलेट सैलूनको बीसौं वार्षिकोत्सव हो। पेरिस चकलेट सैलूनले एघार पटक फेशन शौको आयोजना गरी जन्म दिवसको मनाएको छ। फेशन शौमा पहिले आयोजित चकलेट सैलूनमा प्रदर्शित चकलेट लुगा कपडा र बीसौं वार्षिकोत्सका लागि खास गरी बनाइएको लुगा कपडा प्रदर्शनमा राखिएको छ।

चकलेट सैलूनको आयोजकले बीसौं वार्षिकोत्सवका लागि अरु विशेष कार्यक्रमको आयोजना गरेको छ। “चकलेट, सारा विश्वको सम्पदा”नामक प्रदर्शनीले चकलेटको इतिहास, प्रशोधन, आर्थिक तथा कलात्मक मूल्याआदि दृष्टिकोणबाट चकलेटबारे चौतर्फी जानकारीहरु समेटेको छ। पेरिसको चकलेट सैलूनको सँस्कृति केन्द्र-चकलेट पुस्तक पसलमा चकलेट सैलून र विश्व बालबालिका मुटु शल्यक्रिया संघद्वारा संयुक्त रुपमा प्रस्तुत गरिएको “चकलेटको हार्ट”नामक सन् 2015को क्यालेन्डर तत्स्थलमा बिक्री गरिएको छ। यसका साथै विगत बीस वर्षयता प्रभावशाली 25 जना मिठाइ भान्से र चकलेट गुरुको फोटो संग्रह समेटिएको “चकलेट पुस्ता”नामक पुस्तक चालू वर्षको सैलूनमा प्रकाशित गरिएको छ।


पेरिस चकलेट सैलून आयोजनाका क्रममा पश्चिमको परम्परागत चाड हेलोवीन पनि सँगै पर्न आएको छ। केही उत्पादित-वस्तुहरुमा हेलोवीन र क्रीसमसको कारक-तत्व पनि देखाइएको छ।


बेल्जियमको चकलेट उद्योग-व्यवसायीले अझै उच्च गुणस्तरको चकलेटलाई चीनको बजारमा पुर्‍याउने, चीनको परम्परागत चाडअनुसार विशेष उत्पादित-वस्तुको उत्पादन गर्ने आशा व्यक्त गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान