नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सँस्कृति तथा जीवन > विस्तृत विषय

चिनियाँ महिला टेनिस स्टार ली नाद्वारा व्यावसायिक खेल जीवनबाट सन्यास

2014-10-28 18:53:11 CRI

    महिला टेनिस संघ अर्थात् डब्लु.टी.ए.का अध्यक्ष स्टासी अल्लास्टरले सो समारोहमा ली नाले एशिया र विश्वको महिला टेनिसका लागि योगदान गरेकोप्रति कृतज्ञता व्यक्त गरेकी छिन्। उनकाअनुसार, ली ना च्याम्पियन हुन्। चीन र सारा एशिया-प्रशान्त क्षेत्रमा ली नाको भावना अस्तित्वमा रहने छ। सबैले टेनिस प्रतियोगितामा ली नाको भावना र मीठो मुस्कान सम्झने छन्। ली ना र उनको श्रीमान च्याङ्ग शानले सुखमय जीवन बिताउने सबैको शुभकामना छ।

    ली नाकी साथीको हैसियतमा क्भिटोभाले ली नाको सन्यास समारोहमा आफ्नो मन्तव्य प्रकट गरेकी थिइन्। टेनिस प्रतियोगितामा ली ना विपक्षी खेलाडी बनेकी र टेनिस खेलाडीको हैसियतमा साथी बनेकोप्रति उनप्रति आभार व्यक्त गरिन्। टेनिस खेलाडीहरुले ली ना लाई सम्झिरहने छन्।

    त्यसपछि ली नाले आफ्नो धारणा प्रस्तुत गरिन्। सबैसँग विदाईका लागि कार्यक्रमको अवसर पाएकोमा खुशी लागेको उनले बताइन्। ली नाको सन्यास समारोहको अन्तमा ली नाको श्रीमानले ली नासँग अंगालो हालेका थिए। स्पेनका टेनिस खेलाडी राफेल नाडालले ली नालाई फूल दिएर विदाइ गरे। ली नाले खुशीयालीको आँशु झार्दै रंगशाला छोडेकी थिइन। उनले मायालु टेनिस र उनका फ्यानहरुसँग विदाई मागेकी थिइन्।

    टेनिस खेलाडी ली नाको जन्म सन् 1982 मा हु पै प्रान्तीय ऊ हान शहरमा भएको हो। ली ना एशियाकै पहिलो र एक मात्र महिला टेनिस खेलाडी हुन् जसले ग्रान्ड स्लाम जितेकी छिन्। छ वर्षको उमेरदेखि ली नाले टेनिस खेल्न थालेकी थिइन्। सन् 1999 मा उनी एकजना व्यवसायिक खेलाडी बनेकी हुन्। सन् 2002को अन्तमा उनी विश्वविद्यालयमा भर्ना भएकी थिइन्। सन् 2004 मा श्रीमानको समर्थनमा ली नाले टेनिस खेल जीवन पुनःशुरु गरेकी थिइन्। सन् 2008 मा ली नाले बेइजिङ्ग ओलम्पिकको महिला एकल टेनिस प्रतियोगितामा चौथो स्थान हात पारेकी थिइन। सन् 2011 मा अस्ट्रेलियाली खुला टेनिस प्रतियोगितमा ली नाले दोस्रो स्थान जितेकी थिइन्। सोही वर्ष फ्रान्सेली टेनिस खुला प्रतियोगितामा ली नाले च्याम्पियनसीप हात पारेकी थिइन्। सन् 2013 मा डब्लू.टी.ए.को फाइनल प्रतियोगितामा उनले दोस्रो स्थान हात पारेकी थिइन्। सन् 2014 जनवरी 25 तारिख ली नाले तेस्रो पटक अस्ट्रेलियाली टेनिस खुला प्रतियोगितामा सहभागी भई महिला एकल टेनिस प्रतियोगिताको च्याम्पियनसीप हात पारेकी थिइन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान