नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सँस्कृति तथा जीवन > विस्तृत विषय

चिनियाँ महिला टेनिस स्टार ली नाद्वारा व्यावसायिक खेल जीवनबाट सन्यास

2014-10-28 18:53:11 CRI

    सन् 2014 सेप्टेम्बर 19 तारिख चिनियाँ महिला टेनिस खेलाडी ली नाले सामाजिक सञ्जालमार्फत् खेल जीवनबाट सन्यासको घोषणा गरेकी छिन्।

    उनले सन्यास घोषणामा यसरी उल्लेख गरेकी छिन्- विगत पन्ध्र वर्षयता टेनिस खेलाडीको हैसियतमा धेरै प्रतियोगिताहरुमा सहभागी भएकी थिएँ। चीनको तर्फबाट टेनिस प्रतियोगितामा सहभागी हुनपाउनु एक गौरब र इज्जतको कुरा हो। टेनिसमार्फत अझै बढी मानिसहरुलाई चीन र अझै एशियाको टेनिसमाथि ध्यान आकर्षित गर्नु जीवनको एक महत्वपूर्ण कार्य भइरहनेछ। समयजस्तै व्यवसायिक खेल जीवनमा पनि एकदिन पूर्ण-विराम लाग्नेछ। सन् 2014 व्यवसायिक जीवन र व्यक्तिगत जीवनको एक महत्वपूर्ण वर्ष रह्यो।

    अस्ट्रेलियन खुला टेनिस प्रतियोगिता 2014मा ली नाले महिला एकलतर्फको उपाधि जितेकी थिइन्। मातृभूमि, टीम, परिवार, प्रसंशकहरुसँग उनको अनुभवको उपभोग गरेकोमा उनीलाई खुशी लागेको छ। यसका साथै सन् 2014 ली नाको अप्ठ्यारो वर्ष पनि हो। उनले टेनिस खेल जीवनबाट सन्यास लिने निर्णय गरेकी छिन्। उनको जन्मथलोमा आयोजित उ हान टेनिस खेल प्रतियोगितामा सहभागी हुन प्रयास गरेपनि घाइते र अस्वस्थताका कारण उनले अहिले व्यावसायिक टेनिस खेलजीवनबाट सन्यास लिने निर्णय गरेकी हुन्। ली नाले अन्तर्राष्ट्रिय टेनिस खेल मञ्चमा धेरै उपलब्धि हासिल गरेकी छिन्। उनका आँखामा हालसम्मका प्राप्त उपलब्धि उनका सपनाभन्दा पनि बढी हुन्। मातृभूमिका लागि इज्जत जित्नु उनको सबैभन्दा उत्कृष्ट उपलब्धि हो। खेल जीवनबाट सन्यास लिएपछि उनले आफ्नो टिमसँग चीनको टेनिस विकासबारे योजना तर्जुमा गर्ने छिन्। उनले “ली ना टेनिस स्कुल”को स्थापना गर्ने घोषणा पनि गरेकी छिन्। उनी पनि बालबालिकाको हित-कल्याणका गतिविधिमा निरन्तर रुपमा सहभागी हुने छिन्।

    सन् 2014 सेप्टेम्बर 30 तारिख बेलुकी ली नाको खेल जीवनको सन्यास समारोह पैचिंगस्थित चीनको राष्ट्रिय टेनिस केन्द्रको हिरा रंगशालामा आयोजना भएको थियो। चिनियाँ टेनिस खुला प्रतियोगिताको संयोजन समितिका उप प्रमुख एवम् कार्यकारी प्रमुख हौ यु लानले ली नाको सन्यास समारोहमा सम्बोधन गर्दै लामो समययता ली नाले चिनियाँ टेनिस खुला प्रतियोगिताको समर्थन दिएकोप्रति कृतज्ञता ज्ञापन गरेकी छिन्। त्यसपछि चिनियाँ टेनिस संघका उपाध्यक्ष ली लिङ्ग वैले ली नाको अस्तित्वका कारण सबैलाई गौरब लागेको कुरा बताएकी छिन्। ली नाले ती कुरा सुनेपछि आँशु झरिन्। ली लिङ्ग वैले चिनियाँ टेनिस संघको तर्फबाट ली नालाई सम्मान पुरस्कार प्रदान गरेकी छिन्

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान