नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ बयालीस: पैसा पठाउने

2014-10-29 15:16:41 CRI

वर्षाः "च्वै मै", "सबैभन्दा सुन्दर"।

कमलः च्वै मै।

वर्षाः "च्वै ता", "सबैभन्दा ठूलो"।

कमलः च्वै ता।

वर्षाः "च्वै काउ", "सर्वोच्च, वा सबैभन्दा अग्लो"।

कमलः च्वै काउ।

वर्षाः "शौ फै", "महसुल लिनु"।

कमलः शौ फै।

वर्षाः "ऊ श् युआन", " पचास युआन"।

कमलः ऊ श् युआन।

वर्षाः मै पी च्वै काउ शौ फै ऊ श् युआन।

कमलः "मै पी च्वै काउ शौ फै ऊ श् युआन"।, "हरेक पटक पैसा पठाउँदा लाग्ने अधिकतम महसुल पचास युआन हो"।

वार्तालाप तीन

कमलः शौ श्यु फै श त्वो शाओ?

वर्षाः आन पाई फन ट् यी त पी ली शौ छ्यू। मै पी च्वै काउ शौ फै ऊ श् युआन।

वर्षाः अब हामी आजका सबै वार्तालाप सुनौं-

वार्तालाप एक

कमलः नी हाउ, वो याओ पान ली व्है ख्वान।

वर्षाः छिंग निंग शेन थेन यी ट्राँग व्है ख्वान तान।

कमलः हाउ त।

वार्तालाप दुइ

कमलः त्वो ठ्राँग श् थेन नंग ताउ ट्राँग?

वर्षाः श् फन ट्रों‍ग च्वो यौ नंग ताउ ट्राँग।

वार्तालाप तीन

कमलः शौ श्यु फै श त्वो शाओ?

वर्षाः आन पाई फन ट् यी त पी ली शौ छ्यू। मै पी च्वै काउ शौ फै ऊ श् युआन।

कमलः भर्खरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नसक्नुहुने आशा हामीले गरेका छौं। अब हामी "चिनियाँ संस्कृतिका एक/दुइ कुरा"तिर लागौं।

चिनियाँ संस्कृतिका एक झलकः

चीनमा चाडबाडको बेलामा टाढाका ठाउँमा रहेका आफ्ना बुबा-आमा, नाता-कुटुम्ब वा इष्ट-मित्रहरुलाई पैसा पठाउने चलन छ जसबाट उहाँहरुलाई सम्झनाको भाव र शुभकामना व्यक्त गर्न सकियोस। खासगरी, रोजगारीका लागि शहर गएका किसानहरु त आफूले कमाएको सबै पैसा घर पठाउन चाहन्छन। उनीहरुलाई सामान्यतया कम शुल्क लाग्ने माध्यमबाट पैसा पठाउन मन लाग्छ। दैवी प्रकोपका बेला प्रकोप प्रभावित क्षेत्रका जनतालाई चन्दास्वरुप पैसा उठाउँदा हरेक बैंकले, विशेषगरी ती क्षेत्रहरुतिर पैसा पठाउने सम्बन्धित सेवा कार्य शुरु गर्दछन र यसका लागि कुनै शुल्क लाग्दैन। कुनै एक ठाउँ अप्ठ्यारो स्थितिमा पर्दा त्यसले सबै ठाउँबाट सहायता प्राप्त गर्नसक्छ। यो चिनियाँ जनताको परम्परादेखिको सुचरित्र हो।

वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "वो याओ पान ली व्है ख्वान" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि http://nepal.cri.cn लग गर्नुहोला।

चाइ चेन।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान