नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ उनान्चालिस

2014-10-29 15:15:11 CRI

"छिंग निन शेन ना हाउ, चाई छ्यु ना पेन तंग हौ।" तपाईंले नम्बर लिएर, उता पर्खनुहोस।

कमलः छिंग निन शेन ना हाउ, चाई छ्यु ना पेन तंग हौ।

वर्षाः ना हाउ, नम्बर लिनु।

कमलः ना हाउ।

वर्षाः तंग हौ, पर्खनु वा कुर्नु।

कमलः तंग हौ।

वर्षाः छिंग वन श्यु याउ तंग तो ठ्रांग श् चेन? कृपया भन्नुहोस, कति समयसम्म कुर्नुपर्छ?

कमलः छिंग वन श्यु याउ तंग तो ठ्रांग श् चेन?

वर्षाः तो ठ्रांग श् चेन, कति समय।

कमलः तो ठ्रांग श् चेन।

वर्षाः "वो श्यांग छ्यु तेन छेन"।, मैले केही पैसा झिक्नचाहेको छु।

कमलः वो श्यांग छ्यु तेन छेन।

वर्षाः छ्यु तेन छेन, केही पैसा झिक्नु।

कमलः छ्यु तेन छेन।

वर्षाः निन छ्यु तो शाउ छेन? तपाईंले कति पैसा झिक्न चाहनुभएको छ?

कमलः निन छ्यु तो शाउ छेन?

वर्षाः "छिंग निन शु रु मि मा"। कृपया पासवर्ड थिच्नोस।

कमलः शु रु मि मा।

वर्षाः अब हामी आजको सम्पूर्ण वार्तालाप सुनौं।

वार्तालाप एक

कः छिंग निन शेन ना हाउ, चाई छ्यु ना पेन तंग हौ।

खः हाउ त। शे शे।

वार्तालाप दुइ

कः छिंग वन, श्यु याउ तंग तो ठ्रांग श् चेन?

खः ता काई पान क श्याउ श्।

वार्तालाप तीन

कः निन हाउ।

खः निन हाउ।

कः निन पान लि शन मो ये उ?

खः वो श्यांग छ्यु तेन छेन।

वार्तालाप चार

कः निन छ्यु तो शाउ छेन?

खः यि वान युआन।

वार्तालाप पाँच

कः छिंग निन शु रु मि मा।

खः हाउ त।

वर्षाः आजको सम्पूर्ण वार्तालाप यत्ति नै। आज चिनियाँ संस्कृतिबारे केही जानकारी।

कमलः विगत लामो समयदेखि यता चिनियाँहरुले किफायत गर्न मान्ने गरेका छन। तिनीहरुले सधैं नै अतिरिक्त पैसा बैंकमा संचय गर्नेगरेका छन। तर हाल चीन पनि उपभोगको युगमा प्रवेश भएको छ। उपभोगबारे चिनियाँहरुको धारणामा परिवर्तन आएको छ। हरेक चिनियाँसँग उचित उपभोगको अधिकार हुन्छ भने सरकारले पनि उपभोगका लागि नागरिकलाई प्रोत्साहित गर्नुका साथै आन्तरिक खाँचोको विस्तार गरेको छ। चाडपर्वका अवधिमा चीनका विभिन्न बजारमा निकै रमाइलो हुन्छ।

वर्षाः आजको पाठ यहीं पूरा हुन्छ। कार्यक्रम टुंग्याउनुअघि तपाईंलाई एउटा सानो प्रश्नः मैले केही पैसा झिक्नचाहेको छु भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio Internation阿l,P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि http://nepal.cri.cn लग गर्नुहोला। नमस्कार। चाइ चेन।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान