तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ चौंतीस: होटलमा

2014-10-29 15:12:42 CRI


वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल। अघिल्लो पाठमा हामीले चिनियाँ भाषामा हुलाकमा जाँदा प्रयोग गरिने केही शब्दहरु सिकाएका थियौं। अब हामी एक छिन त्यसको पुनरावलोकन गरौं। "कृपया हुलाक कहाँ छ?" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

कमलः छिंग वन, यौ च्यु चाई ना?

वर्षाः वर्षाः "यौ च्यू", "हुलाक"।

कमलः यौ च्यू।

वर्षाः छिंग वन, यौ च्यु चाई ना?

कमलः छिंग वन, यौ च्यु चाई ना?

वर्षाः "वो याओ ची पाउ को"।, "म पार्सल पठाउन चाहन्छु"।

कमलः वो याओ ची पाउ को।

वर्षाः "पार्सल", "पाउ को"।

कमलः पार्सल।

वर्षाः त्वो ठ्राँग श् चेन नङ ताउ?

कमलः "त्वो ठ्राँग श् चेन नङ ताउ?", "त्यहाँ पुग्नलाई कति समय लाग्छ?"

वर्षाः "त्वो ठ्राँग श् चेन", "कति समय"।

कमलः "त्वो ठ्राँग श् चेन।

वर्षाः "वो याओ छ्यु पाउ को"।

कमलः "वो याओ छ्यु पाउ को"।, " म पार्सल लिन चाहन्छु"।

वर्षाः "वो याओ माई ची ट्राँग मिंग शिन फेन ची कै फङ यौ"।, "म केही पोस्टकार्ड किनेर मेरा साथीलाई पठाउन चाहन्छु"।

कमलः वो याओ माई ची ट्राँग मिंग शिन फेन ची कै फङ यौ।

वर्षाः "मिंग शिन फेन", "पोस्टकार्ड"।

कमलः मिंग शिंग फेन।

वर्षाः अब गत पाठको पूरा वार्तालाप सुनौं‍।-

पूरा वार्तालाप-

वार्तालाप एक

कः छिंग वन, यौ च्यु चाई ना?

खः च्यौ चाई छेन मेन क्वाई च्याओ ठ्रु।

वार्तालाप दुइ

कः वो याओ ची पाउ को।

खः ची ताउ ना?

कः ची ताउ श्याँग काँग।

वार्तालाप तीन

महिलाः वो याओ ची पाउ को छ्यु श्याँग काँग, त्वो ठ्राँग श् चेन नङ ताउ?

पुरुषः च्वै शाओ ल्याँग क शिंग छी।

वार्तालाप चार

कः वो याओ छ्यु पाउ को।

खः छिंग कै वो खान यी श्या नी त पाउ को तान ह हू ट्राउ।

1234...>

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान