नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ उन्नाइस: फलफुल बजार

2014-10-29 14:37:45 CRI

पुरुषः निंग त फा फ्याओ ताई लाई ल मा?

महिलाः ताई ल।

वार्तालाप तीन

पुरुषः कै निं‍ग व्हान यी क, शिंग मा?

महिलाः पु याओ ल, निंग कै थ्वै ल पा।

कमलः अघिल्लो पाठको कुरा दोहर्‍याउने काम आजलाई यत्ति नै। अब आजका मुख्य विषयतिर लागौं।

आजका मुख्य विषयहरुः

ट्र च्यु च् थेन मा?

तो शाउ छेन यी कोंग चिंग?

वो मै यौ लिंग छेन।

कै नी यी ट्राँग 100 युआन त।

कमलः यहाँ गल्ली, सडक र बजारमा जहाँकहीं फलफूल किन्नपाइँदो रहेछ। यो साँच्चि नै राम्रो कुरा हो। यदि तपाईंले धेरै किन्न चाहने हो भने जस्तो कि विदेशबाट पैठारी गरिएका फलफूल किन्न चाहने हो भने सुपरमार्केट गए हुन्छ। त्यहाँ प्रशस्त किसिमका फलफूल पाइन्छन।

वर्षाः यदि तपाईं केही सुन्तला किन्न चाहनुहुन्छ, तर तपाईंलाई यो सुन्तला गुलियो नहोला भनेर चिन्ता पनि लागेको छ भने त्यो सुन्तलाको गुण-स्तर के कस्तो छ भनेर बुझ्नका लागि तपाईंले सर्वप्रथम बिक्रेतासँग सोध्नुपर्छ।

कमलः ठीक। त्यसो भए मैले कसरी भन्नुपर्छ नि?

वर्षाः तपाईं यसरी भन्नुसक्नुहुन्छ- ट्र च्यु च् थेन मा?

कमलः ट्र च्यु च् थेन मा?

वर्षाः "च्यु च्", "सुन्तला"

कमलः च्यु च्

वर्षाः "थेन", "गुलियो"

कमलः थेन

वर्षाः "मा" प्रश्नवाचक सहायक शब्द हो।

कमलः मा

वर्षाः ट्र च्यु च् थेन मा?

कमलः ट्र च्यु च् थेन मा? "यो सुन्तला गुलियो छ?"

वर्षाः अब पहिलो वार्तालाप सुनौं-

वार्तालाप एक

कः ट्र च्यु च् थेन मा?

खः हेन थेन।

वर्षाः धेरै अभ्यास गरेपछि जान्न सकिन्छ। हामी फेरि दोहर्‍याएर अभ्यास गरौं। "च्यु च्", "सुन्तला"

कमलः च्यु च्

वर्षाः "थेन"को अर्थ "गुलियो" हो।

कमलः थेन

वार्तालाप एक

कः ट्र च्यु च् थेन मा?

खः हेन थेन।

कमलः यो चीजको गुण-स्तरमा कुनै समस्या नभएको निश्चित भएपछि म त्यसको पैसा सोध्न चाहन्छु। यसलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान