नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ सोह्र

2014-10-29 14:33:28 CRI

वर्षाः श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

कमलः नमस्कार। म आजको उद्‍घोषक कमल लम्साल। गएको पाठमा हामीले धेरै मीठा खाना किनेर खुशी हुँदै खायौं।

वर्षाः हो नि। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहर्‍याएर सिकौं।

कमलः ल त शुरु गरौं।

वर्षाः तपाईंहरु पिरो खान मन पराउनुहुन्छ कि भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः मलाई याद छः नि मन शी व्हान ठ् ला त मा?

वर्षाः ठीक छ। शी व्हान भनेको मन पराउनु हो।

कमलः शी व्हान।

वर्षाः ठ्। खानु।

कमलः ठ्।

वर्षाः ला त। पिरो।

कमलः ला त।

वर्षाः नि मन शी व्हान ठ् ला त मा?

कमलः नि मन शी व्हान ठ् ला त मा? तपाईंहरु पिरो खान मन पराउनुहुन्छ कि?

वर्षाः अब अर्को एउटा वाक्यः वो शी व्हान ठ् यांग रौ ठ्रुआन। मलाई खसीको सेकुवा खान मन पर्छ।

वर्षाः यांग रौ ठ्रुआन। खसीको सेकुवा।

कमलः यांग ‌रौ ठ्रुआन। चिनियाँ भाषामा यसभित्र के छ भन्ने वाक्यलाई कसरी भनिन्छ?

वर्षाः सजिलो छ नि। तपाई "ट्र लि मेन श शन मो" भन्न सक्नुहुन्छ।

कमलः 'ट्र लि मेन श शन मो

वर्षाः लि मेन। भित्र।

कमलः लि मेन।

वर्षाः श शन मो? के छ?

कमलः श शन मो? "ट्र लि मेन श शन मो", यसभित्र के छ?

वर्षाः अब गत पाठको अन्तिम वाक्यः वो मन छ्यु माई तेन यिन ल्याउ पा। हामी केही पेय पदार्थ ‌किन्न जाऔं।

कमलः वो मन छ्यु माई तेन यिन ल्याउ पा।

वर्षाः यिन ल्याउ। पेय पदार्थ ।

कमलः यिन ल्याउ

वर्षाः वो मन छ्यु माई तेन यिन ल्याउ पा।

कमलः वो मन छ्यु माई तेन यिन ल्याउ पा। हामी केही पेय पदार्थ किन्न जाऔं। अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

वार्तालाप एक

कः नि मन शी व्हान ठ् ला त मा?

खः शी व्हान।

वार्तालाप दुइ

कः नि श्यांग ठ् शन मो?

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान