नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ छ

2014-10-29 14:23:01

वर्षाः साथीहरु, अनि कमलजी तपाईं पनि ध्यान दिएर तलको वाक्य सुन्नुहोस, अनि मसँगै दोहर्‍याउनुहोस्-

वै, छिंग वन् श‌ नै वै?

कमलः वै, छिंग वन् श‌ नै वै?

वार्तालाप एक

महिलाः वै, छिंग वन् श‌ नै वै?

पुरुषः वै वो श् वाँग लोंग।

वर्षाः ठीक। यदि तपाईंले तपाईंका साथीलाई घरमा वा कहीं बोलाउने हो भने तपाईंले यसरी सोध्नुपर्छः तपाईंको कहिले फुर्सद छ?

कमलः ठीक भन्नुभयो। यो वाक्य एकदमै कामलाग्ने वाक्य हो। चिनियाँ भाषामा यसलाई कसरी भन्नुपर्छ नि?

वर्षाः हामी यसरी भन्छौं- नी शन् मो श् हौ यौ खोंग?

कमलः नी शन् मो श् हौ यौ खोंग?

वर्षाः "नी" को अर्थ "तपाईं" हो।

कमलः नी

वर्षाः "शन् मो" को अर्थ "के" हो।

कमलः शन् मो

वर्षाः "श् हौ"को अर्थ " समय" वा "एक छिन" हो।

कमलः श् हौ

वर्षाः "यौ खोंग"को अर्थ "फुर्सद" हो।

कमलः यौ खोंग

वर्षाः अब एक पटक फेरि दोहर्‍याएर सिकौं-" तपाईंको कहिले फुर्सद छ?" लाई चिनियाँ भाषामा "नी शन् मो श् हौ यौ खोंग?" भन्नुपर्छ।

कमलः नी शन् मो श् हौ यौ खोंग?

वार्तालाप दुइ

पुरुषः नी शन् मो श् हौ यौ खोंग?

महिलाः ट्रौ मो

पुरुषः वो मन यी छी ठ् फान् हाउ मा?

महिलाः ख यी।

वर्षाः अनि त्यसपछि तपाईं तपाईंका साथीसँग भेट गर्न चाहनुहुन्छ। तपाईं कुन बेला र कुन ठाउँमा भेट गर्ने भन्ने बारेमा थाहा पाउन चाहनुहुन्छ। यसलाई चिनियाँ भाषामा यसरी भन्नुपर्छ- वो मन ची तेन् चेन् मेन्? चाई ना अर चेन् मेन्?

कमलः वो मन ची तेन् चेन् मेन्? चाई ना अर चेन् मेन्?

वर्षाः मलाई थाहा छ, एकै चोटि दुइवटा वाक्य सिक्नु तपाईंका लागि अप्ठ्यारो हुनसक्छ। त्यसैले म सर्वप्रथम तपाईंहरुका लागि व्याख्या गरौं है।

"वो मन्" को अर्थ "हामी" हो।

कमलः वो मन्

वर्षाः " ची" को अर्थ " कति" हो।

कमलः ची

वर्षाः "तेन्" को अर्थ "विन्दु" हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान