वर्षाः यो त भयो, गत पाठमा सिकेको कुरा। अब लागौं आजको पाठतिर।
कमलः लागौं आजको पाठ-योजनातिर।
आजको पाठ-योजना
१. ढिलो भैसक्यो। श चेन पु चाव ल।
२. अब हामीले जानुपर्छ। वो मन काइ चौ ल।
३. नमस्कार। चाइ चेन।
४. आफ्नो ख्याल गर्नुहोस। तुओ पाव ट्रोंग।
५. सम्पर्कमा रहनुहोस है। पाव ठ् लेन शी।
कमलः ओ, कति धेरै। मानौं, तपाईं कुनै भोजमा सरिक हुनुभएको छ। तपाईंलाई फेरि कतै जानु छ। तपाईलाई ढिलो हुँदैछ। त्यति केला के भन्ने?
वर्षाः त्यति बेला तपाईं'श चेन पु चाव ल'भन्नुसक्नुहुन्छ।
कमलः 'श चेन पु चाव ल'।
वर्षाः 'श चेन'भनेको समय हो।
कमलः 'श चेन'।
वर्षाः 'पु'को अर्थ यहाँनेर छैन भन्ने हो।
कमलः'पु'।
वर्षाः 'चाव'भनेको छिटो हो।
कमलः 'चाव'।
वर्षाः 'ल'एउटा प्रत्यय हो। यसको कुनै खास माने छैन।
कमलः 'ल'।
वर्षाः यसरी यी सबै शब्दहरुलाई एकै साथ राख्नुहोस, वाक्य बनिहाल्यो- 'श चेन पु चाव ल'।
कमलः 'श चेन पु चाव ल'। ढिलो भैसक्यो।
वर्षाः यसलाई तपाईं अर्को तरिकाले पनि भन्नसक्नु हुन्छ। 'वो मन काइ चौ ल'। यसको अर्थ हामीले अब जानुपर्छ भन्ने हो।
कमलः 'वो मन काइ चौ ल'।
वर्षाः 'वो मन'भनेको हामी हो।
कमलः 'वो मन'।
वर्षाः 'काइ'भनेको पर्छ हो।
कमलः 'काइ'।
वर्षाः 'चौ'भनेको जानु हो।
कमल 'चौ'।
वर्षाः 'ल' भनेको प्रत्यय हो।
कमलः 'ल'।
वर्षाः अब यस वाक्यलाई मन्द गतिमा सुन्नुहोस। 'वो मन काइ चौ ल'
कमलः 'वो मन काइ चौ ल'। हामीले अब जानुपर्छ।
वर्षाः राम्रो। अब वास्तविक अवस्थाको यस वार्तालाप सुनौं-
वार्तालाप एक-
अतिथिः 'श चेन पु चाव ल', वो मन काइ चौ ल। ढिलो भैसक्यो, अब हामीले जानुपर्छ।
आतिथेयीः ह्वान यिङ यी हौ ठ्राङ लाइ - आउँदै गर्नुहोस है।
अतिथिः शे शे, ट्राव ताइ - धन्याद, हामीलाई सम्झनुभएकोमा। चाइ चेन- नमस्कार।