ब्लू क्लास फोरम परराष्ट्र मन्त्रालय र ह पै प्रान्त सरकारद्बारा संयुक्त रुपमा संयोजन गरिएको हो। परराष्ट्र मन्त्री वाङ्ग यीले यस मञ्चमा भाग लिँदै चीनले अन्तर्राष्ट्रिय व्यवसाय सहयोगलाई मजबुत बनाउनु नै स्वदेशी अर्थतन्त्रको विकास शैलीलाई परिवर्तन गर्ने महत्वपूर्ण र आवश्यक कदम भएको विचार व्यक्त गर्नभुयो। उहाँले यसरी भन्नुभयो:हाल चीनले आर्थिक बनौटको सुव्यवस्थापनलाई तीब्र गतिमा बढाइरहेको छ।
उपभोग्य दर भनेको एक मुलुक वा क्षेत्रले एक वर्षमा गरेको कूल उपभोगमध्ये नागरिक तथा समाजका लागि प्रयोग गरिने कूल मात्रा सोही वर्षको कूल गाहर्स्थ उत्पादनमा लिइएको अनुपात हो। यस अंकबाट एक मुलुकबाट उत्पादित मालसामान उपभोक्ताका लागि प्रयोग गरिने अनुपात प्रतिबिन्वित भएको हुन्छ।
सारा चीनका विभिन्न क्षेत्रले तिब्बतलाई दिएको सहायता मुख्य गरी दुई भागमा बाँडिएको छ। एकातिर ठूलो केन्द्रीय बित्तीय समर्थन र अर्कातिर अपेक्षाकृत विकसित प्रान्त र केन्द्रीय व्यवसायको विशेष सहायता कदम हो। यसप्रति सहायक प्रमुख चाले भन्नुभयो:सन्2010 मा आयोजित पाचौं तिब्बत कार्यशाला गोष्ठीमा एक महत्वपूर्ण निर्णय पारित गरिएको थियो।
गत वर्ष सन्2014 मा चीनको अर्थतन्त्र नयाँ स्थायी अवस्थामा प्रवेश गरेदेखि यता आर्थिक वृद्धि दर घट्न सक्ने संभावनाले दबाव निरन्तर बढ्दै गएको छ। वृद्धि दरलाई स्थिर पार्नु नै सबैभन्दा महत्वपूर्ण आर्थिक काम बनेको छ। चीनको भन्सारका सम्बन्धित तथ्याङ्गकअनुसार चालू वर्ष जनवरीदेखि फेब्रअरी महिनासम्मको अवधिमा चीनको कूल आयात-निर्यात मात्रा सैंतीस खर्ब नव्बे अर्ब चिनियाँ युआन बराबर छ भने गत वर्षको सोही अवधिको तुलनामा 2प्रतिशतले घटेको छ।
पाकिस्तान एक जवान मुलुक हो। यसका 60प्रतिशत जनसंख्याको उमेर 25,26 वर्षभन्दा कम छ। युवायुवतीसँग रोजगारी र स्थिर आम्दानी नभएको खण्डमा कुनै पनि मुलुकका लागि एक विशाल सुरक्षा चुनौती हो। यस सन्दर्भमा आर्थिक करिडोरको निर्माणबाट धेरैजसो युवायुवतीलाई रोजगारी दिलाउन सक्नेछ।
दुई वर्षअघिको अप्रिल महिनाको बीस तारिखका दिन लु शानमा गएको विनाशकारी भकम्पबाट स छ्वान प्रान्तीय या आनको प्रकोपग्रस्त क्षेत्रको अर्थतन्त्रमा गम्भीर क्षति पुगेको थियो।
अन्तर्राष्ट्रिय खाद्य-पदार्थ र पेय-पदार्थ प्रदर्शनी यसै अप्रिल महिनाको चौध तारिखदेखि सोह्र तारिखसम्म पोल्याण्डको वार्सामा आयोजना भयो।
विदेशमा लगानीको मौकाका साथमा जोखिम पनि विद्यमान छ। हाल मेक्सिकोको उच्च गति रेल निर्माण परियोजना पछि सारिनुबाट चिनियाँ व्यवसायीलाई विदेशतर्फ लगानी गर्ने र आइपर्ने जोखिम सम्बन्धमा समाजले चिन्ता लिएको छ। यसप्रति उपप्रमुख पाइ फै जुनले चङ्ग य्वान कम्पनीको वैदेशिक लगानीमा पनि अनेकन् कठिनाई रहेको भन्दै व्यापारबाट हुने जोखिम होस् वा राजनीतिक परिस्थितिको अस्थिरताबाट होस् व्यापारिक लगानीमाथि प्रभाव पर्ने व्यक्त गर्नुभयो।
चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको नियमित कार्यक्रम अर्थ जगतमा म संचालिका मुनाको नमस्कार छ। विश्वव्यापी बैंक वित्तीय दूरसञ्चार संघले गत महिना 28 तारिख प्रतिवेदन सार्वजनिक गर्दै सन्2014 नोभेम्बरमा चिनियाँ युआनले क्यानडियन डलर र अष्ट्रेलियन डलरको स्थान लिई विश्वको पाँचौं ठूलो भुक्तानी मुद्रा बनेको जनाएको थियो। साथै चिनियाँ युआन विश्वको नवौं ठूलो विनियम व्यापार मुद्रा र सातौं ठूलो संचिति मुद्रा बनेको छ। अब मसँगै यस सम्बन्धी विस्तृत विवरण सुन्नुहोस् है।
चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको नियमित कार्यक्रम अर्थ जगतमा म संचालिका मुनाको नमस्कार छ। भर्खरै सम्पन्न भएको विश्व आर्थिक मञ्चको 45औं वार्षिक सम्मेलनमा चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले अर्थतन्त्रप्रति चीनको विश्वास व्यक्त गर्नुभएको थियो। अब मसँगै यस सम्बन्धी विस्तृत विवरण सुन्नुहोस् है।
चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको नियमित कार्यक्रम अर्थ जगतमा म संचालिका मुनाको नमस्कार छ। आज मसँग सन्2014 चीनको अर्थतन्त्रको विकासको पुनरावलोकन गरौं है।
युन नान प्रान्तको फु अरबारे चर्चा गर्दा धेरै जनाले सर्वप्रथम प्रसिद्ध फु अर चियाबारे अवधारणा बनाउँछन्। हालैका केही वर्षयता फु अर कफीको रोपन क्षेत्रफलमा बृद्धि भएको छ र कफी दानाको गुणस्तर बढ्नुका साथसाथै फु अर चीनको कफी शहर भनेर क्रमशः कहलिँदै गएको छ।
सन्2014 मा चीनको अघिल्ला तीन त्रैमासिक अवधिमा अर्थतन्त्रको बृद्धि 7.4 प्रतिशत रहेको छ। जसबाट केही विज्ञहरुले अर्थतन्त्रको विकास सुस्त हुने विषयमा चिन्ता गरेका छन्। गत मे महिनामा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्गले पहिलो पटक चीनको अर्थतन्त्र “नयाँ स्थायी अवस्था”मा प्रवेश गरेको धारणा प्रस्तुत गर्नुभएको थियो। उक्त नयाँ स्थायी अवस्थासँग तीन मुख्य विशेषता रहेका छन्।
पोल्याण्डस्थित थुङ रन थाङको दोस्रो शाखा हाल वार्सामा खोलिएको छ। यो पैचिंग थुङ रन थाङ कम्पनीले एक वर्ष नपुग्दै पोल्याण्डमा खोलेको दोस्रो शाखा हो। चीनको पैचिंग थुङ रन थाङ कम्पनीका महाप्रबन्धक तीङ युङ लिङ पैचिंगबाट पोल्याण्ड गई उद्घाटन समारोहमा सहभागी भएकी थिइन्।
तेस्रो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा मञ्च गत नोभेम्बर 26 तारिखदेखि 27 तारिखसम्म मकाउमा आयोजना भएको छ। संयुक्त राष्ट्र संघीय संस्था, यूरोपेली मुलुकहरु, चीनको मुख्यभूमि, चीनको हंगकंग, मकाउ र थाइवानका विशेषज्ञ, विद्वान र उद्योग-व्यवसायका प्रतिनिधि गरी करीब तीन सय जना सो मञ्चमा सहभागी भएका थिए। संयुक्त राष्ट्र संघका उप महासचिव ऊ हुङ्ग पोले ऊर्जाको सुरक्षा, जलवायु परिवर्तनको सामना र दिगो विकासआदि दृष्टिकोणबाट हेर्दा स्वच्छ ऊर्जा क्रान्तिले एक नयाँ युग उभ्याउने कुरा बताउनुभयो।