तेस्रो विश्व इन्टर्नेट सम्मेलन सोह्र तारिख च च्याङ प्रान्तीय ऊ चन शहरमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। उहाँले इन्टर्नेटलाई राम्रोसँग व्यवस्थापन गर्ने हो भने इन्टर्नेटको अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्ने, इन्टर्नेटद्वारा साझा समुदायको सौभाग्य सिर्जना गर्ने कुरा बताउनुभएको छ।
उक्त सम्मेलनमा सहभागी भएका विभिन्न पक्षले हाल विश्वको इन्टर्नेटको विकास नयाँ चरणमा प्रवेश भएको बताउँदै, विश्वको विभिन्न मुलुकले सूचना युगको विकास प्रवृत्तिको सदुपयोग गर्नुपर्ने, विभिन्न जोखिम र चुनौतीको संयुक्त रुपमा सामना गर्नुपर्ने, इन्टर्नेटको आन्तरसन्जाल तथा अन्तरकार्यलाई अगाडि बढाउनुपर्ने कुरामा जोड दिएका छन्।