नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

विश्वको पहिलो आर्थिक मुलुक अमेरिकाले एआईआईबीमा भाग लिनु सकारात्मक

2016-11-15 18:43:13

एशियाली पूर्वाधार लगानी बैंक एआईआईबी स्वतन्त्र बहुपक्षीय संस्था हो। नयाँ सदस्यको स्वीकारोक्तिमा चीनले एआईआईबी वा अरु सदस्य मुलुकको धारणाको प्रतिनिधित्व गर्दैन तर विश्वको पहिलो आर्थिक मुलुकको हैसियतमा अमेरिकाले एआईआईबीमा भाग लिएमा नराम्रो नहुने चीनले बताएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग स्वाङ्गले 15 तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

प्राप्त जानकारीअनुसार, अमेरिकाले एआईआईबीमा भाग लिन अस्वीकार गर्नु अमेरिकाको गल्ती भएको अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारले बताएका थिए। एआईआईबीका प्रमुख चिन ली छ्युनले 14 तारिख अन्तर्वार्ता दिँदै नयाँ सदस्य भाग लिन स्वागत गरे तापनि नयाँ सदस्यको बाँकी शेयर त्यति धेरै नहुने कुरा बताउनुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान