नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

एडीबी -चीन सहयोगको 30औं वार्षिकोत्सव शाङ्गहाइमा आयोजित

2016-11-15 18:42:07

एशियाली विकास बैक अर्थात् एडीबी-चीन सहयोगको 30औं वार्षिकोत्सव मनाउनका लागि “चीनको आर्थिक रुपान्तरण-दिगो विकासको भविष्यतर्फ” विषयक मञ्च हालै शाङ्गहाइमा आयोजना गरिएको छ। त्यस सम्बन्धित चिनियाँ तथा विदेशी सरकारी विभाग, अन्तर्राष्ट्रिय संगठन र प्रसिद्ध विद्बान लगायत लगभग तीनसय जना उक्त मञ्चमा सहभागी भएका थिए।

एडीबीका प्रमुख ताकेहिको नाकाओ, चिनियाँ अर्थमन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय वित्त तथा बैक सहयोग विभागका प्रमुख छन श सिनले मुख्य विषयवस्तुबारे सम्बोधन गर्नुभएको थियो। उहाँहरुका अनुसार, विगत तीस वर्षमा चीन लगायत एशियाली मुलुकको सामाजिक तथा आर्थिक विकासका लागि एडीबीले महत्वपूर्ण समर्थन दिएको छ। नयाँ परिस्थितिमा एडीबी र चीन लगायत विकासोन्मुख मुलुकबीचको सहयोगलाई गहन पारेर आर्थिक रुपान्तरणलाई साझा रुपमा अगाडि बढाउने आशा उहाँहरुले व्यक्त गर्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान